आज तपाइँको राशिफलमा के छ !
सारांश
- २०७५ साल असोज १९ गते शुक्रबार।
- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ।
- बेसुरमा वचन दिनाले दुःख पाइनेछ।
२०७५ साल असोज १९ गते शुक्रबार।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। परिवेश संघर्षपूर्ण रहनेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउनेछ। प्रतिष्ठा जोगाउन केही वस्तु त्याग्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सानोतिनो समस्या आए पनि चिताएको काम बन्नेछ। प्रयत्न गर्दा आयस्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त होला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अभाव हुँदा सहयोगीहरू फेला पर्नेछन्। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। भैपरी आउने समस्याले खर्च गराए पनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा नै हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। खर्च लागे पनि यात्राको योग छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यवहारमा नैतिक संकट देखापर्न सक्छ। केही असहज परिस्थिति समेत सामना गर्नुपर्ला। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। अवसरका लागि विवादास्पद काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। मिहिनेत गर्दा कर्मफल प्राप्त हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
जिम्मेवारी भने बढिरहनेछन्। अरूका काममा जुट्नुपरे पनि सहयोगीहरूको साथ मिल्नाले समस्या सुल्झाउन सकिनेछ। अप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुनेछन् ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको कामबाट आंशिक फाइदा उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त हुनेछन्। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउला। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
काम बिग्रने भयले सताउन सक्छ। सामान्य घरेलु कामले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।
प्रतिक्रिया