साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
साउदीको तेल प्रशोधन आक्रमणका पछाडि ‘इरान’ को हात रहेको तथ्य

सारांश

  • साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा क्षति पुग्ने गरी भएको आक्रमणमा इरानको भूमिका रहेको तथ्य आफूसँग सुरक्षित रहेको अमेरिकी दाबी देखिएको छ ।
  • अमेरिकी सञ्चारमाध्यमहरुले एकजना अमेरिकी अधिकारीलाई उदृत गर्दै आक्रमणकारी ड्रोन इरान वा इराकबाट आएको उल्लेख छ ।
  • यमनका हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएपनि अमेरिकाले पत्याएको छैन ।

साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा क्षति पुग्ने गरी भएको आक्रमणमा इरानको भूमिका रहेको तथ्य आफूसँग सुरक्षित रहेको अमेरिकी दाबी देखिएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले एकजना अमेरिकी अधिकारीलाई उदृत गर्दै आक्रमणकारी ड्रोन इरान वा इराकबाट आएको उल्लेख छ ।यमनका हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएपनि अमेरिकाले पत्याएको छैन । उसले शनिबारको आक्रमण लगत्तै इरानमाथि औंला ठड्याइसकेको छ । त्यसलाई इरानले अस्वीकार गरिसकेको छ ।

हुथीले भनेजस्तै दश वटा ड्रोनले १९ वटा ठाउँमा आक्रमण गर्न नसक्ने ठहर समेत गरिएको छ । एकजना वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै सीएनएनले लेखेको छ, ‘यो अन्य कुनै स्थानबाट नभई इरान वा इराकबाट भएको हुनुपर्छ ।’ प्रशोधन केन्द्रमा आक्रमण गर्दा नौ वटा स्थानलाई तारो बनाइएको र त्यस्तो आक्रमण ड्रोनबाट सम्भव नभएको बताइएको छ । ती अधिकारीको भनाई उदृत गर्दै लेखिएको छ, ‘१९ वटासम्मको यस्तो आक्रमण दश वटा ड्रोनबाट सम्भव हुँदैन ।’

स्याटलाइन तस्बिर समेत बनाएर आक्रमणबारे अध्ययन गरिएको छ । जसबाट यमनबाट आक्रमण हुन नसक्ने दिशा रहेको देखिएको उल्लेख छ । त्यसबाट ड्रोन इरान वा इराकबाट आएको हुनसक्ने उल्लेख छ ।मध्यपूर्वमा तनाव बढिरहँदा पछिल्लो घटनाले युद्धको बादल मडारिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर गर्दै घटनाको सूक्ष्म अध्ययन गरिरहेको बताएका छन् । आक्रमण गर्नेको तथ्यबारे जानकारी आइसकेको समेत बताएका छन् ।(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Nepal to be made self-dependent on basic food grains within 2 years- Leftist Alliance’s Manifesto
Nepal to be made self-dependent on basic food grains within 2 years- Leftist Alliance’s Manifesto
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
कांग्रेसको बैंस हराइसकेको छ, अब उसले केही गर्न सक्दैन: ओली
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
भालुको आक्रमणबाट सोलुमा एक जना घाइते
भालुको आक्रमणबाट सोलुमा एक जना घाइते
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
निर्मलाका लागि न्याय माग्दै सुरु गरिएको धर्नामा डा. केसीको ऐक्यबद्धता
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
सफल होला त अनमोल र नीतिको जोडी
सफल होला त अनमोल र नीतिको जोडी
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा

तपाईंले छुटाउनुभयो कि?