धामीझाँक्रीलाई अध्ययन भ्रमण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • बाजुरा, ६ कात्तिक , पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ ।
  • धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो ।
  • भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने बताइएको छ ।

बाजुरा, ६ कात्तिक , पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ ।

धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने बताइएको छ ।

सामाजिक सचेतना दिलाउन, मानसिक रूपमै सकारात्मक सोचको विकास गराउन र बाह्य संस्कृतिको विकासबारे जानकारी दिन भ्रमण गराउन लागिएको वडाका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

भ्रमण यही कात्तिक १४ गतेसम्म हुने बताइएको छ । छ वडाका दुई दुई धामीझाँक्री तथा एक एक जनप्रतिनिधिसहित कर्मचारी टोलीमा सहभागी छन् । पहिलो चरणमा ४ महिला र १८ पुरुष गरी २२ जना भ्रमणमा सहभागी छन् ।

गौमूल गाउँपालिकाले यसअघि मेमोरी किङ मानिने अर्पण शर्मालाई बोलाएर प्रशिक्षण सञ्चालन गरेको थियो । समाजमा रहेको छाउ कुप्रथा, बालविवाह, बहुविवाह, धार्मिक तथा सांस्कृतिक आस्थालाई अन्त्य गर्नु पहिलो चुनौती भएकाले त्यसका लागि अवलोकन भ्रमणले सकारात्मक उपलब्धि हासिल हुने विश्वास गाउँपालिकाले लिएको छ । टोलीको भ्रमण खर्च गाउँपालिकाले नै व्यहोर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
ठूलै मन्त्रालयका मन्त्री फेर्ने प्रधानमन्त्री ओलीको तयारी
देहव्यापारका लागी चिनिया युवकले पाकिस्तानी युवती विहे गरेको आरोप !
देहव्यापारका लागी चिनिया युवकले पाकिस्तानी युवती विहे गरेको आरोप !
काठमाडौँ  क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
काठमाडौँ क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा,श्रेष्ठ र रञ्जित तेस्रो पटक आम्ने साम्ने
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !
नयाँ वर्षमा प्रधानमन्त्री ओलीको योजना : आफ्नो टिम फेरबदल गर्नेदेखि मन्त्री हटाउनेसम्म !