सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
सारांश
- काठमाडौं, १४ फागुन ।
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सोमबार पनि जम्मा दुई मन्त्रीले मात्र शपथग्रहण गर्ने भएका छन् ।
- आज शपथ खाने दुई मन्त्रीमा महासचिव ईश्वर पोख्रेल र डा.
काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सोमबार पनि जम्मा दुई मन्त्रीले मात्र शपथग्रहण गर्ने भएका छन् । आज शपथ खाने दुई मन्त्रीमा महासचिव ईश्वर पोख्रेल र डा. युवराज खतिवडा रहेका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका खतिवडा अर्थमन्त्री बन्ने पक्का भएको छ । तर, महासचिव पोखरेलको भने यो समाचार तयार पार्दासम्म मन्त्रालयको निधो भइसकेको छैन ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत गरिएका डा. खतिवडाको सांसद पदको शपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । यद्यपि मन्त्री बनेको ६ महिनाभित्र उनी संघीय संसदको सदस्य भइसक्नु पर्छ । यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनीत गर्नका लागि राष्ट्रपतिसमक्ष पठाएका नामहरुलाई रोकी नयाँ बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् ।
राष्ट्रपतिको उक्त कदमलाई कांग्रेसले असंवैधानिक भन्दै विरोधमा उत्रिएको छ । कांग्रेसको विरोध र सर्वोच्चको आदेशपछि पनि नयाँ सरकारमा डा. खतिवडालाई अर्थमन्त्री बनाउन थालिएको हो ।
प्रतिक्रिया