गृहराज्यमन्त्री श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेपछि हंगामा
सारांश
- काठमाडौं ।
- नियुक्त भएलगत्तै अनेकौं विवादमा तानिएका गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेका छन् ।
- गृह मन्त्रालयमा रहेको थोत्रो गाडी नचढ्ने भन्दै प्रहरी मुख्यालयबाट एआईजी चढ्ने गाडी जर्बजस्ती झिकाएर आफूले चढेका छन् ।
काठमाडौं । नियुक्त भएलगत्तै अनेकौं विवादमा तानिएका गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेका छन् । गृह मन्त्रालयमा रहेको थोत्रो गाडी नचढ्ने भन्दै प्रहरी मुख्यालयबाट एआईजी चढ्ने गाडी जर्बजस्ती झिकाएर आफूले चढेका छन् ।
मन्त्रीहरुलाई गाडीको व्यवस्था गर्ने जिम्मेवारी गृह मन्त्रालयकै आन्तरिक व्यवस्थापन शाखाको हो । उक्त शाखाले आफूहरुसँग रहेका गाडीहरु मन्त्री श्रेष्ठलाई देखाए पनि चित्त बुझेन । मन्त्रीले पुरानो गाडी नचढ्ने भन्दै गृहसचिवमार्फत् आईजीपीलाई फोन हान्न लगाए । गृहसचिव आफैँले फोन गरेपछि प्रहरी मुख्यालयमा हंगामा मच्चियो । बाध्य भएर प्रहरीले एआईजी चढ्ने गाडी गृहमा पठायो ।
राज्यमन्त्रीले एउटामात्र गाडी सुविधा पाउँछन् । तर, उनले दुई वटा प्रयोग गरिरहेका छन् । बा २ झ १०७७ तथा बा १ झ ६४०७ नम्बरको गाडी उनले लिएका छन् । एउटा गाडी उनले र अर्का उनका सहयोगीहरुले चढ्दै आएका छन् । प्रहरी मुख्यालयबाट झिकाएको गाडी उनले प्रयोग गर्दै अँएका छन् ।
राज्यमन्त्री श्रेष्ठ सुरुदेखि नै विवादमा पर्दै आएका छन् । मन्त्री भएपछि उनी विवादास्पद व्यक्तिले संचालन गरेको स्वयम्भुको पिस होटलमा बसेका थिए । प्रहरीको गुन्डागर्दीको सूचीमा रहेका श्रेष्ठ थरका व्यक्तिको लहलहैमा लागेर जिल्लाको डीएसपी फेर्नेदेखि अनेक चलखेलमा लागेका कारण उनी विवादमा फसेका हुन् ।
सामान्य विषयमा पनि प्रहरीमा अनावश्यक हस्तक्षेपका कारण पनि श्रेष्ठका कारण प्रहरी अधिकारीहरु हैरान भएका छन् ।
दिपक ढुङ्गाना
मन्त्री भयपछि त्यति पनि गर्ननपाउनु?!