दम्पती मृत फेला
सारांश
- श्रावण १२, २०७४- धुलिखेल–८ बडालगाउँमा एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् ।
- ३२ वर्षिय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीय मनिषा दाहाल रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए ।
- काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत मनिषालाई सोमप्रसादले १ वर्ष अघि मात्रै विवाह गरेका थिए ।
श्रावण १२, २०७४- धुलिखेल–८ बडालगाउँमा एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । ३२ वर्षिय भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीय मनिषा दाहाल रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलयका डिएसपी नविनराज राईले जानकारी दिए ।
काभ्रे बहुमुखी क्याम्पसमा अध्ययनरत मनिषालाई सोमप्रसादले १ वर्ष अघि मात्रै विवाह गरेका थिए । स्थानीयका अनुसार, बुधबार बेलुका जेठी श्रीमती टिकामाया बडाललाई खाना बनाउँदै गर्नु भनेर निस्किएका उनीहरु घरबाट २ सय मिटर तल वनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
जेठी श्रीमती टिकामाया बुधबार श्रीमानले हेरचाह नगरेको भन्दै उजुरी दिन जिल्ला प्रहरी कार्यलय काभ्रे आएकी थिइन् । थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिएका छन् ।
प्रतिक्रिया