सलमान खानले भने ‘नेपाल आउँदैछु’ (भिडियो)
सारांश
- यदि निर्धारित मितिमा कुनै फेरबदल भएन भने बलिउड स्टार सलमान खान आगामी फागुनमा नेपाल आउने छन् ।
- आफु नेपाल आउन लागेको जानकारी उनले भिडियो सन्देशबाट दिएका छन् ।
- हालै लिइएको एक भिडियो अन्तरवार्तामा दबंग टुरका क्रममा आफु नेपाल आउने लागेको बताएका छन् ।
यदि निर्धारित मितिमा कुनै फेरबदल भएन भने बलिउड स्टार सलमान खान आगामी फागुनमा नेपाल आउने छन् । आफु नेपाल आउन लागेको जानकारी उनले भिडियो सन्देशबाट दिएका छन् । हालै लिइएको एक भिडियो अन्तरवार्तामा दबंग टुरका क्रममा आफु नेपाल आउने लागेको बताएका छन् । उनी फागुन २६ गते नेपाल आउने बुझिएको छ । ओडिसी इन्टरटेनमेन्टले खानलाई नेपाल ल्याउदैछ । बलिउड भाष्करसँग बोल्दै खानले आफ्नो नेपाल यात्राको बारेमा जानकारी दिएका हुन् । आयोजक संस्थाका तर्फबाट सिमन्त गुरुङले यसअघि नै सलमान खाने नेपाल आउने जानकारी दिए पनि त्यसले आधिकारिता पाउन सकेको थिएन । तर सलमानकै मुखबाट उनी कार्यक्रमका लागि नेपाल आउने खबर सुने पछि भने उनी नेपाल आउने पक्का बनेको हो । दबंग टुरमा कट्रिना कैफ पनि जोडिएकी छिन् । तर कैफ पनि नेपाल आउने नआउने भने अझै निश्चित भइसकेको छैन ।
फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, ज्याकलिन फर्नाण्डेज, डेजी शाह, कृति सेनोन, मनिष पल लगायतले धमाकेदार प्रस्तुति दिने ओडीसीका सिमन्त गुरुङले बताएका छन् । यसअघि फिल्मको सुटिङको क्रममा सलमान करिब २३ वर्ष अघि पनि नेपाल आइसकेका छन् ।
प्रतिक्रिया