प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

सारांश

  • बैतडी, २७ साउन ।
  •   प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ ।
  • प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् ।

बैतडी, २७ साउन ।  प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभामा सहभागी राजनीतिक दलका पदाधिकारी र सर्वसाधारणले प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न उपयुक्त हुने सुझाव दिए ।
प्रतिष्ठानको २४औँ वार्षिक साधारणसभाले प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट राख्न प्रदेशका सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

सहिद दशरथचन्दको सपना लोकतान्त्रिक गणतन्त्र भएकाले सम्मानका लागि पनि प्रदेशको नाम दशरथचन्द प्रदेश राख्नुपर्ने उहाँले बताउनुभयो ।सहिद दशरथचन्द देशकै सहिद भएकाले उहाँको नामबाट प्रदेशको नामाकरण गर्नु जायज हुने दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो ।प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि गठन भएको संसदीय समितिले अहिले सुझाव सङ्कलनको काम गरिरहेको छ । साउन २१ गतेभित्र नाम र स्थायी राजधानीको लागि सुझाव दिन समितिले म्याद दिएको भए पनि सुझाव सङ्कलन कार्य जारी रहेकाले समितिको म्याद एक हप्ता थपिएको छ ।

प्रतिष्ठानले बैतडीमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने, सहिद दशरथचन्दको जीवनीमा आधारित वृत्तचित्र निर्माण गर्ने, सहिद दशरथचन्दको इतिहास समेटिएको ग्रन्थ प्रकाशन गर्ने निर्णय गरेको छ । यसका लागि दशरथचन्द नगरपालिकाले रु १० लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?