८२ जनामा स्क्रब टाइफस !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
८२ जनामा स्क्रब टाइफस !

सारांश

  • चितवन, ७ भदौ ।
  • गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।
  • जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।

चितवन, ७ भदौ । गएको साउन महिनामा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो । मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४÷७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस भेटिएको थियो ।

साउनमा जिल्लामा ५ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो । डेङ्गु सङ्क्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन् । अघिल्लो आवमा ५९ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गु सङ्क्रमण भेटिएको थियो । जसमध्ये ३३ जना चितवनका रहेका थिए । डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ । कार्यालयका प्रमुख विजयकुमार झाले मौसमी रुघाखोकी देखिएको बताउनुभयो । मानिसबाट मानिसमा सरेर आएको फ्लूलाई स्वाइन्फ्लू भन्न नमिल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?