सहकारीमा तीन खर्ब दुई अर्ब बचत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सहकारीमा तीन खर्ब दुई अर्ब बचत

सारांश

  • काठमाडौँ,२७ पुस ।
  • नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ ।
  • राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो ।

काठमाडौँ,२७ पुस । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ ।राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताउनुभयो ।

विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा आबद्ध रहेको बताउँदै खनालले कूल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान चार प्रतिशत र वित्तीय क्षेत्रमा २० प्रतिशत रहेको जानकारी दिनुभयो । त्रिसठ्ठी लाख शेयर सदस्य रहेको सहकारीमा महिलाको सङ्ख्या ५१ प्रतिशत रहेको महासङ्घले जनाएको छ ।

मिश्रित अर्थव्यवस्था रहेको नेपालको संविधान २०७२ ले सार्वजनिक, निजी सहकारी क्षेत्रको सहभागिताले आर्थिक समृद्धिको परिकल्पना गरेको सन्दर्भमा सहकारीमार्फत उद्यम विकासमा भूमिका खेल्नुपर्ने निष्कर्षका साथ अहिले तीन सय बढी सहकारीकर्मीहरू उद्यम प्रवद्र्धनका लागि काठमाडौँमा भेला भएका छन् ।

भेलामा सहभागी महासङ्घका सल्लाहकार हरिकृष्ण उपाध्यायले सहकारीबाटै समृद्धि हासिल गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रभावकारी र दिगो सहकारीका लागि सदस्यहरू धेरै हुनुपर्ने, आर्थिक समुन्नतितर्फ गएको हुनुपर्ने र राम्रो प्रशासनको आवश्यकता हुनुपर्ने उपाध्यक्षको भनाइ थियो ।

सहकारी सामाजिक व्यवसाय भएकाले यसबाट लघु, मझौला तथा ठूला उद्यम प्रवद्र्धन गरी स्वरोजगारको सिर्जना गर्दै आर्थिक उन्नति गर्न सकिने छ । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले तीन खम्बामध्येको एक खम्बाको औचित्य पुष्टि गर्नुपर्ने आजको आवश्यकता रहेको औँल्याउनुभयो ।

सहकारी ढाँचाले छरिएर रहेको श्रम, सीप र पूँजीलाई एकत्रित गरी सहकारी उद्यम प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ । सहकारी क्षेत्रको योगदानलाई उल्लेख्य वृद्धि गरी साना, मझौला तथा ठूला उद्यम प्रवद्र्धन गर्नु आजको अपरिहार्य आवश्यकता भएकाले राज्यको ध्यान जानुपर्ने सहकारीकर्मीको भनाइ छ ।

सहकारीको विकासका लागि सकारात्मक सोचको विकास जरुरी रहेको भन्दै राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले साना किसानको आर्थिक जीवनस्तर उकास्न सहकारीको ठूलो योगदान रहेको बताउनुभयो ।

राज्य, समाज र पूँजी निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका हुन्छ । साना किसानको सारथी बनेको सहकारी उनीहरूको ऋण लगानी र बचत सङ्कलनमा सहयोगी भूमिका खेल्दै आए पनि ठूला उद्यम विकासमा अझै जान सकेको छैन ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले नवीन प्रविधिलाई अवलम्बन गरी उद्यम व्यवसायको विकास गर्नुपर्ने उल्लेख गर्दै परम्परागत व्यवसायलाई विविधिकरण गरी उत्पादन, वितरण र सेवाको क्षेत्रमा सहकारीको भूमिका वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा छलफल जारी

राष्ट्रिय सहकारी महासङ्घद्वारा काठमाडौँमा आयोजित ‘उद्यम प्रवद्र्धन राष्ट्रिय कर्याशाला’ विषयक दुईदिने गोठीमा प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल जारी छ ।

बिहीबारदेखि जारी दुईदिने कार्यशालामा भूमि व्यव्स्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ‘सहकारी उद्यमशीलता प्रवद्र्धनका लागि विद्यमान कानूनी व्यवस्था’का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

यस्तै पूर्वमन्त्री गणेश शाहको ‘उद्यमशीलता विकासमा नवीन प्रविधिको प्रयोग’, योग विज्ञान विशेषज्ञ डा राजु पौडेलको ‘व्यावसायिक सफलताका लागि सकारात्मक सोचको विकास’, अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालका कार्यक्रम संयोजक नवीन कर्णको ‘सहकारी–सहकारीबीचको व्यवसाय ः सम्भावना र चुनौती’ तथा उद्यमशीलताका जानकार तारा ढकालको ‘सहकारीमार्फत लघुउद्यम प्रवद्र्धन’का विषयक कार्यपत्रमाथि छलफल जारी रहेको महासङ्घले जनाएको छ ।

उक्त कर्याशालाको बिहीबार उद्घाटन गर्दै अथमन्त्री डा युवराज खतिवडाले निजी उद्यमभन्दा फरक ढङ्गमा जाने सहकारीलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिनाविभागीय मन्त्री शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग
बिनाविभागीय मन्त्री शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
पर्यटकीय स्थलको प्रबर्द्धनका लागि चैत २९ देखि सडक महोत्सव
पर्यटकीय स्थलको प्रबर्द्धनका लागि चैत २९ देखि सडक महोत्सव
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
अब गरिबि का हैन सम्ृद्दि का गित गाउनु पर्छ : अध्यक्ष पौडेल युवा संघ नेपाल’
आलियाको फोटोमा रहस्यमय खुट्टा देखिएपछि।
आलियाको फोटोमा रहस्यमय खुट्टा देखिएपछि।
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
द्वन्द्वपीडितहरु काठमाडौंमा, संक्रमणकालीन न्याय टुंगाउन सरकारसँग आग्रह गर्दै
क्रसर उद्योगीको मनोमानी बढ्दै : राजस्व नबुझाई खोला उत्खनन
क्रसर उद्योगीको मनोमानी बढ्दै : राजस्व नबुझाई खोला उत्खनन
कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य
कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य
अब त सबै जनजाति (जस्तै)भए: गृहमन्त्री थापा
अब त सबै जनजाति (जस्तै)भए: गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?