न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०८०
|
|
४४ पटक हेरिएको
Shares
न्यायाधीश डा.परशुराम भट्टराईले दिए पदबाट राजीनामा

सारांश

  • काठमाडौँ।
  • न्याय परिषद्बाट छानबिनमा परेका जिल्ला न्यायाधीश डा.
  • परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौँ। न्याय परिषद्बाट छानबिनमा परेका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईले पदबाट राजीनामा दिएका छन् । न्यायाधीश भट्टराईले माघ ५ गते शुक्रवारदेखि लागू हुनेगरी आफ्नो राजीनामा बुझाएका न्याय परिषद् स्रोतले जनाएको छ ।

लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले राजीनामा दिएका हुन् । आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

न्याय परिषद्मा परेका उजुरी र मुद्दामा मोलाहिजा, क्षमताको अभाव र बदनियत लगायतका विषयमा न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, डा. परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिनका समिति गठन गरेको थियो ।

०७९ असार २७ गते धनुषाका जिल्ला न्यायाधीश रहेका डा. परशुराम भट्टराईलाई न्याय परिषद्ले सर्वोच्च अदालतमा काजमा तानेको थियो । व्यक्ति हत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएको उजुरीका आधारमा न्याय परिषद्ले उनी र उनको फैसलामा छानबिन गरेको थियो ।

०७६ कार्तिक ६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो । उक्त घटनाका अभियुक्त दामोदरप्रसाद चौधरीलगायतलाई आरोप पुष्टि नहुने भन्दै भट्टराईले सफाइ दिएपछि उनीविरुद्ध उजुरी परेको थियो । भने उनले धनुषमका नै रहँदा कुमारी आमा निहारिका राजूतको मुद्दामा पनि गरको फैसला विवादित बनेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
डिसहोमको एक्सन स्पोट्र्स च्यानलमा पोखराबाट आरडब्लु महासंग्रामको लाइभ
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
भारतीय निर्वाचनमा लफडा : राहुल गान्धी ब्रिटिश नागरिक भएको दाबी, सरकारले माग्यो स्पष्टीकरण
साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र
साउदीमा गैरकानुनी कामदारमाथि धडपकड तीव्र
बी.ए.को सर्टिफिकेट राखेर ४ लाख ऋण
बी.ए.को सर्टिफिकेट राखेर ४ लाख ऋण
गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
नेपालमा क्यान्सरको अवस्था र चुनौती
नेपालमा क्यान्सरको अवस्था र चुनौती
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
सरकारले जनताको शिर झुकाउने गरी कुनै काम गरेको छैन : रक्षामन्त्री खड्का
मंगलबार  कस्तो रहला तपाईंको राशिफल?
मंगलबार कस्तो रहला तपाईंको राशिफल?