सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
३६ पटक हेरिएको
Shares
सय दिनमा सांस्कृतिक संस्थानमा नसोचेको परिवर्तन हुन्छः महाप्रबन्धक राई

सारांश

  • सांस्कृतिक संस्थान अर्थात राष्ट्रिय नाचघरको वर्तमान अवस्था सुधारका योजना, भविष्यका कार्यक्रम र रणनीतिबारे बुधबार छलफल गरिएको छ ।
  • सत्यमोहन प्रेक्षालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थानका महाप्रवन्धक अशोकप्यासी राईले व्यापक सुधार गरिने बताए ।
  • सय दिनभित्र संस्थान प्रवेश गर्दा जोकोहीले परिवर्तनको महशुष गर्ने दावी महाप्रवन्धक राईले गरे ।

सांस्कृतिक संस्थान अर्थात राष्ट्रिय नाचघरको वर्तमान अवस्था सुधारका योजना, भविष्यका कार्यक्रम र रणनीतिबारे बुधबार छलफल गरिएको छ । सत्यमोहन प्रेक्षालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थानका महाप्रवन्धक अशोकप्यासी राईले व्यापक सुधार गरिने बताए । सय दिनभित्र संस्थान प्रवेश गर्दा जोकोहीले परिवर्तनको महशुष गर्ने दावी महाप्रवन्धक राईले गरे ।

कार्यक्रममा बोल्दै महाप्रबन्धक राईले संस्थानले आयोजना गर्ने कार्यक्रममा मौलिकता र विविधता थप्दै चूस्त व्यवस्थापन र प्रस्तुति दिइने बताए । उनले संस्थानलाई आर्थिकरुपमा सवल बनाउने र डिजिटल शाखा खडा गर्ने आफ्नो योजना रहेको उल्लेख गरे ।

सरकारले घोषणा गरेको भ्रमण वर्षलाई लक्षित गरेर विविध सांस्कृतिक कार्यक्रम गर्ने र त्यस्ता कार्यक्रमहरुलाई टेलिभिजनमार्फत प्रशारण गर्ने योजना पनि संस्थानको रहेको छ । यसै वर्ष सातै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक महोत्सव आयोजना गरिने पनि कार्यक्रममा बताइयो । सातै प्रदेशबाट एक एक उत्कृष्ट समूह छनौट गरी राष्ट्रिय लोक सांस्कृतिक महोत्सव आयोजना गर्ने महाप्रबन्धक राईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै संस्थानका कार्यक्रम प्रमुख प्रभाकर देव शर्माले आफूहरुले नियम कानूनमा बसेर काम गर्ने प्रतिवद्धता जनाए । संस्थालाई प्राप्त बजेट निकै कम भएको उनको गुनासो थियो । संस्थानले विभिन्न कार्यक्रम आयोजना गर्न दिएर आम्दानी गर्न सक्ने भए पनि पार्किंगको अभावका संस्थान धेरैको रोजाईमा नपरेको शर्माको भनाई छ ।

संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थाको ऋण धेरै भएकोमा चिन्ता व्यक्त गरे । विगतमा पनि संस्थानको सुधारका लागि थुप्रै योजना ल्याइएको तर विभिन्न कारणले रोकिने गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋतिककी बहिना पस्मिना दुई चलचित्रमा नायिका
ऋतिककी बहिना पस्मिना दुई चलचित्रमा नायिका
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
प्रधानमन्त्री ओली र मोदीबीच आज औपचारिक वार्ता हुने, पञ्चेश्वरदेखि युरिया मलसम्मका एजेन्डा
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा
नेदरल्याण्ड्स र सेनेगल विश्वकपको अन्तिम १६ मा
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
छोरीमाथि बलात्कार गर्ने बाबुको भण्डाफोर भएको हत्याकाण्ड
नाच्नकै लागि दैनिक १० किलाेमिटर पैदल यात्रा !
नाच्नकै लागि दैनिक १० किलाेमिटर पैदल यात्रा !
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
राष्ट्रपतिसँगको टीका सामाजिक सञ्जालमा ‘भाइरल’, कारण यस्ताे छ !
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा

तपाईंले छुटाउनुभयो कि?