सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्ष पुगेको अवसरमा रजत जयन्ती;
सारांश
- भदौ ।
- सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्षमा पुगेको अवसरमा रजत जयन्ती मनाएको छ ।
- रजत जयन्ती अवसरमा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमैत्री ऐन छिटो आउनेमा आशावादी रहेको बताउनुभयो ।
भदौ । सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले २५ औं वर्षमा पुगेको अवसरमा रजत जयन्ती मनाएको छ ।
रजत जयन्ती अवसरमा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमैत्री ऐन छिटो आउनेमा आशावादी रहेको बताउनुभयो । ‘सहकारी पनि संयमित भएर नियमसंगतरुपमा काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष डीबी बस्नेतले सहकारी संस्थामा स्थरीकरण कोष सञ्चालन गरिने बताउनुभयो । स्थरीकरण कोषले संस्थामा समस्या नआउने उहाँको भनाई थियो ।
सहकारी अभियान्ता विजयराज घिमिरेले सहकारीले २५ औं वर्ष पार गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
अध्यक्ष रामकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शशीकुमार पोखरेल र स्वागत मन्तव्य उपाध्यक्ष सुनिलकुमार देवकोटाले गर्नुभएको .
सहकारी ऋण कोषले २५ औं वर्षमा पुगेको अवसरमा सहकारी अभियान्ताहरुलाई सम्मान गरेको छ । सहकारी अभियान्ता दीपकप्रकाश बास्कोटा, विजयराज घिमिरे, पम्फा राई, चन्द्रप्रसाद ढकाल र रोहिणी जोशीलाई सम्मान गरेको हो ।
त्यस्तै संस्थाले संस्थापक अध्यक्ष र पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरेको छ । संस्थापक अध्यक्ष होमनाथ चौलागाई, पूर्व अध्यक्षहरु शम्भु केसी, विनोदकुमार गौतमलाई पनि सम्मान गरेको छ । संस्थाले नियमित बचतकर्तालाई पनि सम्मान गरेको थियो ।
प्रतिक्रिया