एमाले विथोल्दै मोर्चा : गाउँ गाउँबाट कार्यकर्ता बोलायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७३
|
|
२६२ पटक हेरिएको
Shares
एमाले विथोल्दै मोर्चा : गाउँ गाउँबाट कार्यकर्ता बोलायो

सारांश

  • संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उदेश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा मसाल र लाठी जुलुस प्रदर्शन गरेका छन् ।
  • यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
  • एमालेको अभियानअन्तर्गत सोमबार (आज) राजविराजमा आमशभा गर्ने कार्यक्रम छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसमा बिथोल्ने उदेश्यले आह्वान गरेको बन्द कार्यक्रमको पूर्वसन्ध्यामा आइतबार राजविराजमा मसाल र लाठी जुलुस प्रदर्शन गरेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

एमालेको अभियानअन्तर्गत सोमबार (आज) राजविराजमा आमशभा गर्ने कार्यक्रम छ । त्यसलाई बिथोल्ने उदेश्यले मोर्चाले आजै बन्द कार्यक्रम, लाठी जुलुस र विरोध सभा कार्यक्रमको घोषणा गरेको छ ।

एमालेको कार्यक्रम रोक्न मोर्चाले गाउँ गाउँबाट कार्यकर्तालाई सदरमुकाममा बोलाई लाठी र मसाल जुलुस प्रदर्शन गरेको हो । मोर्चाको आन्दोलनमा १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने मोर्चा सप्तरीका संयोजक दिनेश यादवको दावी छ ।

(https://inboundrem.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?