निगमले सुरु गर्यो मेघौली र सुकेटारमा उडान

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
निगमले सुरु गर्यो मेघौली र सुकेटारमा  उडान

सारांश

  • काठमाडौं: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ चितवनको मेघौली र ताप्लेजुङमा नियमित उडान गर्ने भएको छ।
  • पर्यटकीय सिजन अफ भएसँगै नेवानीले यी दुई गन्तव्यमा उडान सुरु गर्न लागेको हो।
  • निगमले यही मंसिर १३ गतेबाट सातामा तीन दिन सोमबार, बुधबार र शनिबर दिउँसो एक बजे त्रिभुवन विमानस्थलबाट उडान गर्ने भएको छ।

काठमाडौं: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ चितवनको मेघौली र ताप्लेजुङमा नियमित उडान गर्ने भएको छ। पर्यटकीय सिजन अफ भएसँगै नेवानीले यी दुई गन्तव्यमा उडान सुरु गर्न लागेको हो।

निगमले यही मंसिर १३ गतेबाट सातामा तीन दिन सोमबार, बुधबार र शनिबर दिउँसो एक बजे त्रिभुवन विमानस्थलबाट उडान गर्ने भएको छ। निगमले ४० मिनेटको उडान समय रहने मेघौलीको एकतर्फी भाडा ३१ सय ६५ तोकेको छ।

यसै गरी ताप्लेजुङको सुकेटारमा पनि निगमले १३ गते देखि नै नियमित सेवा पुनः प्रारम्भ गर्ने जनाएको छ। सातामा एक दिन बुधबार बिहान सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट नेवानीको जहाजले सुकेटारको उडान गर्ने छ । निगमले सुकेटारका लागि एकतर्फी भाडा ५४ सय पाँच रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?