कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?

सारांश

  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमलाई काँस्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव आएको छ ।
  • प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बन्न गौतमलाई प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ ।
  • ओलीको प्रस्तावलाई गौतमले अस्वीकार गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमलाई काँस्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव आएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बन्न गौतमलाई प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ । ओलीको प्रस्तावलाई गौतमले अस्वीकार गरेका छन् ।

विर्नाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेपछि प्रधानमन्त्री ओलीले गौतमलाई बालुवाटारमा बोलाएर काँस्कीबाट उम्मेदवार बन्न आग्रह गरेको जनाइएको छ ।

नागरिक दैनिकका अनुसार गौतमले प्रधानमन्त्री ओलीको आग्रहलाई अस्वीकार गर्दै काँस्की क्षेत्र नं. २ मा स्व.रविन्द्र अधिकारीकी पत्नी विद्या अधिकारीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले गौतमलाई उपनिर्वाचनका क्रममा काँस्की क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने कुनैपनि निर्णय नभएको बताए ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो ।

यसअघि नेता गौतमले विभिन्न क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा चलेको थियो । काँस्की क्षेत्र नं. २ बाट पनि उम्मेदवार बन्ने चर्चा थियो । तर, विरोध भएपछि गौतम ब्याक भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?