पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
४० पटक हेरिएको
Shares
पोखरा प्रिमियर लिग: भारतीय खेलाडि चम्किदा धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य

सारांश

  • काठमाडाै,१० कात्तिक।
  •   विदेशी (भारतीय) खेलाडी गौरव तोमरको उत्कृष्ट प्रदर्शनको मदतमा पोखरा प्रिमियर लिग(पीपीएल)मा हुलास काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य दिएको छ।
  •  पोखरा रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ८० रन बनायो।

काठमाडाै,१० कात्तिक।  विदेशी (भारतीय) खेलाडी गौरव तोमरको उत्कृष्ट प्रदर्शनको मदतमा पोखरा प्रिमियर लिग(पीपीएल)मा हुलास काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढीलाई १ सय ८१ रनको ठूलो लक्ष्य दिएको छ। पोखरा रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ८० रन बनायो।

तोमरले ९५ रनको पारी खेले। ४४ बल सामना गरेका उनले १० छक्का र ४ चौका प्रहार गरे। उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए। नरेशले ३६ रनमा नटआउट रहे। २४ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे। यस्तै टोलीका लागि जयकिशन कोल्सावालाले २५ रन जोडे। धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १–१ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?