एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?

सारांश

  • एजेन्सी, १४ वैशाख ।
  •   दुई कोरियाबीच सीमावर्ती गाउँ पान्मुन्जोममा सुरु भएको शिखर वार्ताप्रति संसारको ध्यान आकर्षित भएको छ।
  • शुक्रबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तरका नेता किम जोङ उनलाई यो ऐतिहासिक वार्तामा स्वागत गरेका छन्।

एजेन्सी, १४ वैशाख ।  दुई कोरियाबीच सीमावर्ती गाउँ पान्मुन्जोममा सुरु भएको शिखर वार्ताप्रति संसारको ध्यान आकर्षित भएको छ। शुक्रबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उत्तरका नेता किम जोङ उनलाई यो ऐतिहासिक वार्तामा स्वागत गरेका छन्।

‘यहाँ हिँडेर आउँदै गर्दा म सोचिरहेको थिएँ, यहाँ आइपुग्न यति मुस्किल किन भयोरु’ किमले बैठकको सुरुवातमा मुन र दक्षिण कोरियाली टोलीसँग भने। ‘हामीलाई अलग बनाएको सीमा रेखा नाघ्न नसकिनेगरी अग्लो पनि थिएन। त्यो रेखा नाघ्न निकै सजिलो थियो, तैपनि त्यसलाई नाघेर यहाँ आइपुग्न ११ वर्ष लाग्यो।’

 

औपचारिक वार्ता सुरु हुनुअघि किमले आफूहरुप्रति उच्च अपेक्षा रहेको बताएका छन्। ‘अपेक्षा उच्च छ र हामीले विगतबाट पाठ सिकेका छौँ।’ किमले प्रेसको समेत उपस्थिति रहेको शिखरवार्ताको सुरुवातमा भने, ‘मलाई आशा छ, ११ वर्ष विगतमा खेर गए पनि यस पटक यो खेर जानेछैन। आगामी ११ वर्ष यसरी खेर जानेछैन।’

‘मलाई आशा छ, हामी आपसमा नयाँ अध्याय लेख्न सक्षम हुनेछौँ,’ उनले थपे।

मुनले भने दक्षिण कोरियामा वसन्तको बहार आएको बताए। ‘मलाई विश्वास छ, हाम्रो यो भेट हामी सबैका लागि महत्वपूर्ण छ। यसको अर्थ पक्कै पनि हाम्रो काँधमा ठूलो जिम्मेवारी छ भन्ने हो।’

उनले भने, ‘कमरेड किम, इतिहासमा पहिलो पल्ट तपाइँले सीमा रेखा पार गर्नुभयो। यो सीमा आइन्दा विभाजनको होइन शान्तिको प्रतीक बनेको छ। अध्यक्ष किम, तपाइँले गर्नुभएको ठूला निर्णयको म सम्मान गर्न चाहन्छु।’

यो भेटले कोरियालीहरुमा नयाँ उत्साह सञ्चार गरेको छ। किम–मुन शिखरवार्ताको समाचार सम्प्रेषण गर्न इल्सानस्थित मिडिया सेन्टरमा करिब २ हजार पत्रकार भेला भएको बताइएको छ।

त्यस्तै राजधानी सोलमा पनि हजारौँ मानिस भेला भएका छन्। किमले सीमा रेखा पार गरेर दक्षिण कोरियातर्फ प्रवेश गर्दा भेला भएका मानिसहरुले आपसमा हात मिलाउनुका साथै ताली पिटेका थिए। उनीहरुले सो क्षणको आफ्नो तस्वीर पनि कैद गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?