ध्यान दिएर पढ्नुस डिभी २०२० बारे अमेरिकी दुतावासले जारी गरेको सूचना
सारांश
- नेपालस्थित अमेरिकी दुतावासले डिभि लोटरी २०२० सम्बन्धी केही महत्वपुर्ण सूचना सार्वजनिक गरेको छ ।
- दुतावासले भिसा कन्सल्टेन्सीको प्रलोभनमा परि जथाभावी नक्कली प्रमाणपत्र पेश नगर्न आग्रह गरेको छ ।
- ट्वीटरमा सन्देश लेख्दै दुतावासले नक्कली प्रमाणपत्र पेश गरेमा सधैँका लागि अमेरिका जान अयोग्य हुने समेत चेतावनी दिएको छ ।
नेपालस्थित अमेरिकी दुतावासले डिभि लोटरी २०२० सम्बन्धी केही महत्वपुर्ण सूचना सार्वजनिक गरेको छ । दुतावासले भिसा कन्सल्टेन्सीको प्रलोभनमा परि जथाभावी नक्कली प्रमाणपत्र पेश नगर्न आग्रह गरेको छ । ट्वीटरमा सन्देश लेख्दै दुतावासले नक्कली प्रमाणपत्र पेश गरेमा सधैँका लागि अमेरिका जान अयोग्य हुने समेत चेतावनी दिएको छ ।
विभिन्न बहानामा बढि पैसा असुुल्न खोज्ने कन्सलटेन्सीसँग जोगिन पनि दुतावासले अनुरोध गरेको छ । प्रलोभन देखाउँदै कन्सेलटेन्सीले दिएका त्यस्ता नक्कली प्रमाणपत्र योग्य नमानिने पनि दुतावासले भनेको छ । यदि कसैले यस्ता नक्कली प्रमाणपत्र पेश गरेको पाइएका उसलाई सधैका लागि अमेरिकाको ढोका बन्द हुने दुतावासको सूचनामा उल्लेख गरिएको छ । यसको वर्षको डिभि आवेदन असोज १७ देखि खोलिएको थियो । २०२० का लागि खोलिएको आवेदन कात्तिक २० गते बन्द हुँदैछ छ ।
प्रतिक्रिया