थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
३९ पटक हेरिएको
Shares
थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ

सारांश

  • नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले चुनाव हार्न लागेपछि काँग्रेसले थ्रीजी र एमक्यु प्रयोग गर्नसक्ने भएकाले त्यसतर्फ एमाले सचेत रहेको बताएका छन् ।
  • बुधबार काठमाडौंमा भएको अन्तिम चुनावी सभामा बोल्दै नेता श्रेष्ठले काँग्रेस विसर्जनतिर गएपछि थ्रीजी र एमक्युको बाटोमा लागेको आरोप लगाए ।
  • काँग्रेस थ्रीजी ।

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले चुनाव हार्न लागेपछि काँग्रेसले थ्रीजी र एमक्यु प्रयोग गर्नसक्ने भएकाले त्यसतर्फ एमाले सचेत रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको अन्तिम चुनावी सभामा बोल्दै नेता श्रेष्ठले काँग्रेस विसर्जनतिर गएपछि थ्रीजी र एमक्युको बाटोमा लागेको आरोप लगाए ।
काँग्रेस थ्रीजी । गन, गुण्डा र गोली लिएर आउने प्रयास गरेको छ । यदि काँग्रेसको थ्री जी लिएर आउने सोच हो भने हामी सचेत छौ’, उनले एमक्युको प्रसंग पनि सुनाए । ‘एमक्यु, म्यान, मनी र मसल प्रस्तुत हुन थालेको छ’, यो प्रयोग गरेर चुनाव जित्ने सपना नदेख्न आग्रह गरे । उनले केहीे-केही ठाउमा काँग्रेसबाट प्रशिक्षित मान्छेहरूबाट छड,रड,छुरा र भालाले एमालेमाथि आक्रमण गरिरहेको भन्दै एमाले जित्ने पार्टी भएकाले धैर्यता नटुटाउने बताए ।
हामीमा संयमता छ । आवेग र उत्तेजनामा आउँदैनौ । तर आवेगमा ल्याएर स्वार्थसिद्ध गर्न हामीलाई आक्रमण हुन थालेको छ’, श्रेष्ठले काँग्रेसलाई स्वस्थ प्रतिस्पर्धामा आउने आट गर्न आग्रह गरे । उनले काँग्रेसले काठमाडाैंमा हारको महशुस गरिसकेको दावी पनि गरे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?