सांसदले मागे १०/१० करोड

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सांसदले मागे १०/१० करोड

सारांश

  • निर्वाचन क्षेत्र कार्यक्रमको बजेट ३ बाट १० करोड पुुर्‍याउँदा १८ अर्ब लाग्ने निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् ।
  • उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन दबाब दिएका हुन् ।
  • सरकारले अघिल्लो संसद्अन्तर्गत प्रत्येक २४० निर्वाचन क्षेत्रमा ३ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा ७ अर्ब २० करोड रकम विनियोजन गरेको थियो ।

निर्वाचन क्षेत्र कार्यक्रमको बजेट ३ बाट १० करोड पुुर्‍याउँदा १८ अर्ब लाग्ने

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन दबाब दिएका हुन् ।

सरकारले अघिल्लो संसद्अन्तर्गत प्रत्येक २४० निर्वाचन क्षेत्रमा ३ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा ७ अर्ब २० करोड रकम विनियोजन गरेको थियो । यसबाहेक प्रत्येक सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाममा ५० लाख रुपैयाँ खर्च गर्न पाउने गरी ६०१ सदस्यका लागि ३ अर्ब ५० लाख रुपैयाँ पनि छुट्याएको थियो ।

हाल सांसदहरूले भनेअनुसार निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट बढाइए हाल संघीय संसद्मा कायम १६५ क्षेत्रका लागि १६ अर्ब ५० करोड रुपैयाँ छुट्याउनुपर्ने हुन्छ । प्रत्येक सांसदले ५० लाखको दरले खर्च गर्न पाउने गरी राखिएको निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई पनि निरन्तरता दिए प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभाका २७५ सांसदका नाममा १ अर्ब ३७ करोड ५० लाख रकम छुट्याउनुपर्ने हुन्छ ।

यसरी निर्वाचन क्षेत्र कार्यक्रमका लागि रक छुट्याउँदा सरकारी ढुकुटीको १८ अर्ब खर्च हुन्छ । स्थानीय तह शक्तिशाली हुँदै गएको र प्रदेश सरकारसमेत रहेका बेला केन्द्रीय संसद्का सांसदका लागि छुट्टै बजेट आवश्यक नपर्ने आवाज उठिरहेको छ । तर, सांसदहरूले भने पुरानो रकममा अझै बढाएर दिन दबाब दिएका हुन् ।

कार्यविधि संशोधन गर्दै सरकार
सरकारले सांसद विकास कोषको रकम खर्च गर्नेबारे यसअघिको कार्यविधि संशोधन गर्न लागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविधि संशोधनको सहमतिका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको छ । जिल्ला प्राविधिक कार्यालयहरू बिहीबारबाट खारेज हुन लागेकाले अब निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम स्थानीय तहको मातहतमा खर्च हुने गरी सरकारले कार्यविधि संशोधन गर्न लागेको हो । सरकारको ढुकुटी कमजोर भइरहेका वेला निर्वाचन क्षेत्र कार्यक्रमले निरन्तरता पाउने सम्भावना कम रहेको अर्थ मन्त्रालयका एक कर्मचारीले बताए ।

निर्वाचन क्षेत्रको कार्यक्रमको निरन्तरतामा शंका
स्थानीय तह शक्तिशाली हुँदाहुँदै प्रदेश सरकार तथा संसद्समेत थपिएको छ । यस्तो अवस्थामा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको भूमिका कमजोर बनिरहँदा उनीहरूले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा सरकारले दिने रकम ३ गुणा बढाउन लबिङ तीव्र पारेका छन् । सरकारको आर्थिक ढुकुटी कमजोर बनिरहेका वेला सांसद विकास कोषअन्तर्गतका यी कार्यक्रमलाई कटौती गर्ने सम्भावना बढी रहेको अर्थ मन्त्रालयका एक कर्मचारीले बताए । आगामी दिनमा निर्वाचन क्षेत्रमा आफूहरूको उपस्थिति कमजोर हुने ठानेर सांसदहरूले निर्वाचन क्षेत्रमा खर्च गर्न पाउनुपर्ने रकम बढाउन माग गरेको पूर्वसांसदहरूले बताउने गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
पोखरामा खुल्यो ‘होटल बेइजिङ लु’
पोखरामा खुल्यो ‘होटल बेइजिङ लु’
असोज १९ गते ११ः५१ बजे विजया दशमीको उत्तम साइत
असोज १९ गते ११ः५१ बजे विजया दशमीको उत्तम साइत
आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै
आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’
आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)
आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा
बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा