आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
आश्मालाई पलले बुलेटमा उडाएपछि सरोजको बिचल्ली (हेर्नुहोस् भिडियोमा)

सारांश

  • काठमाडौं ।
  •  ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो….
  • ’ सार्वजनिक भएको छ ।

काठमाडौं । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो….’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउँसो २ बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ । गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । उदय राज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर संजय लामाले खिचेका हुन् । भिडियोको ब्यवस्थापनको पाटो बिष्णु बुढाथोकीले सम्हालेका थिए ।

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ ।

कार्टुन्ज क्रु का सरोज अधिकारीका अनुसार यो भिडियो आफुहरुको लागि कमब्याक भिडियो रहेको बताएका छन् । उनी भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो भने कतिले एउटै स्टेपहरु भयो भनी प्रतिक्रियाहरु आउथ्यो ति सबै प्रतिक्रियाहरुलाई मध्यनजर गरेर हामीहरुले यो भिडियो बनाएका हौँ । यो भिडियोको लागि हामीले २०÷२५ दिनभन्दा धेरै रिर्हलसल गरेका छौँ ।’

यो भिडियोबाट नै आफुहरुले कमब्याक गर्न लागेकोले यसमा अरुभन्दा धेरै मेहनत गरेको कार्टुन्ज क्रुका सरोज अधिकारीको भनाई छ । उनि भन्छन्, ‘हामीले यो भिडियोको लागि अडिसन समेत लिएका थियौँ । अहिलेसम्म बनेका भिडियो मध्ये हामीहरुलाई पनि सबैभन्दा मन परेको भिडियो हो ‘जता जता पिरतीको बाटो’ ।’ गीतको भिडियोले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा आफुहरु आशावादी रहेको काटुन्ज क्रु को भनाई रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
‘कमेडी क्लब वीद च्याम्पियन’को अध्यक्षमा दीपाश्री निरौला
पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी
पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
विधेयक फिर्ता नलिए कांग्रेसले संसदमा हंगामा मच्चाउने
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
बदलिँदो सत्तासमिकरणसँगै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
इतिहास रच्दै प्रिन्स दाहाल
इतिहास रच्दै प्रिन्स दाहाल
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा
नेपाली गाडीमै ग्यास ढुवानी हुने !
नेपाली गाडीमै ग्यास ढुवानी हुने !

तपाईंले छुटाउनुभयो कि?