आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आइसिसी टी-ट्वान्टी: उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दै

सारांश

  • काठमाडौं।
  • आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल आज हुँदैछ।
  • विश्वकपको उपाधिका लागि आज हुने फाइनल प्रतिस्पर्धामा भारत र दक्षिण अफ्रिका भिड्नेछन्।

काठमाडौं। आइसिसी टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनल आज हुँदैछ। विश्वकपको उपाधिका लागि आज हुने फाइनल प्रतिस्पर्धामा भारत र दक्षिण अफ्रिका भिड्नेछन्।

जारी विश्वकपमा हालसम्म भएका सबै खेल जित्दै अपराजित बनेर फाइनलसम्म पुगेका भारत र दक्षिण अफ्रिका दुबै टोलीको अबको लक्ष्य विश्वकप उपाधि जित्नु बनेको छ।

टी-२० विश्वकपको पहिलो उपाधि जितेको भारत त्यस यता एक पटक पुनः फाइनलमा पुगेपनि दोहोरो उपाधि जित्न सकेको छैन। उता पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका सामू पनि उपाधि जित्दै इतिहास बनाउने अवसर छ।

सेमिफाइनल खेलमा साविकको विश्वकप उपाधि विजेता इङ्ल्यान्ड विरुद्ध ६८ रनको जित सहित भारत तेस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुग्न सफल भएको छ।

भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी-२० खेल भएका छन्। जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ। त्यस्तै एक खेलको नतिजा आएको छैन।

भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन्। यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन्। त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन्।

त्यस्तै भारतका लागि अर्शदीप सिंह सर्बाधिक सफल बलर रहेका छन्। उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिँदै सर्बाधिक विकेट लिने बलरको सूचिमा दोस्रो स्थानमा छन्। त्यस्तै भारतका जसप्रित बुमराहले १३ कुलदीप यादवले १० विकेट लिएका छन्।

त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्बाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन्। त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्बाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन्।

। विश्वकप क्रिकेटको फाइनल खेल आज बेलुकी ८:१५ बजे शुरु हुनेछ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bestiptv-smarters

    I loved as much as youll receive carried out right here The sketch is tasteful your authored material stylish nonetheless you command get bought an nervousness over that you wish be delivering the following unwell unquestionably come more formerly again since exactly the same nearly a lot often inside case you shield this hike

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?