जनकपुरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहको सुरूआती अग्रता
सारांश
- काठमाडाैं।
- जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका छन्।
- वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको घन्टाघर चिह्नमा ३९ मत खसेको छ।
काठमाडाैं। जनकपुरधाम उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारले नै अग्रता लिएका छन्। वडा नम्बर १ को मतगणनाको क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहको घन्टाघर चिह्नमा ३९ मत खसेको छ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ। अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ।
एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज साहको साइकल चिन्हमा ३ र गठबन्धनको तर्फबाट जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया