रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने: रविले न्याय पाउनुपर्छ !
सारांश
- नेपाली चलचित्रका कलाकारहरुले प्रहरी हिरासतमा रहेका सिधा कुरा जनता सङ्गका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् ।
- शनिबार राजधानीको रिपोर्टर्स् क्लबमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरेका थिए ।
- अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरी लगायत कार्यक्रममा सहभागी सबै कलाकारले रवि लामिछाने भोलि रिहाई हुने कामना गरेका थिए ।
नेपाली चलचित्रका कलाकारहरुले प्रहरी हिरासतमा रहेका सिधा कुरा जनता सङ्गका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । शनिबार राजधानीको रिपोर्टर्स् क्लबमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले रवि लामिछानेको रिहाईको माग समेत गरेका थिए । अन्तरक्रियामा हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरी लगायत कार्यक्रममा सहभागी सबै कलाकारले रवि लामिछाने भोलि रिहाई हुने कामना गरेका थिए ।
‘हामी रविजीको पक्षमा एकजुट हौं, धेरै विश्लेषण नगरौं’ : निखिल उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए । उनले अघि थपे,‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् ।कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’ उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । उनले भने,‘रविजीको हकमा कानूनले सही तरिकाले निर्णय होस् । सत्य, तथ्य कुरा जनताकहाँ पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । तर, यो केशमा राजनीतिकरण नहोस् ।’
https://youtu.be/AbKUJR36MV8
त्यस्तै कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने, ‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस । बिना कुनै दबाब काम गर्न दिईयोस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’
उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाई । उनले थपे, ‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी उनले हिरासतभन्दा बाहिर राखेरपनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए ।
उक्त कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने,‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ भनेका थिए ।’
प्रतिक्रिया