के के सहमती भयो ओली-प्रचण्ड वार्तामा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
के के सहमती भयो ओली-प्रचण्ड वार्तामा ?

सारांश

  • काठमाडौं २३ पुस,  ।
  • नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् ।
  • यस्तो कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।

काठमाडौं २३ पुस,  । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका छन् । यस्तो कार्यदल मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।

आइतबार साँझ बालकोटस्थित केपी ओलीको निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो ।

भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘पर्सि (मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने भन्ने भएको छ ।’

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ-आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिए ।

केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले भने, ‘हामी जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्‍याउनैपर्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकिरहेको थिएन । यसवीचमा पार्टी एकतामाथि नै प्रश्न र शंकाहरु उब्जिइरहेका बेला आइतबार ओली र प्रचण्डवीच भेट भएको हो । दुई नेताको भेटले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको वाम गठबन्धनका नेताको दाबी छ ।

यसवीचमा एमालेले भन्दै आएको ‘बहुदलीय जनवाद’ र माओवादीले भन्दै आएको ‘माओवाद’ का बारेमा के हुने भन्ने बहस पनि चलेको छ ।

त्यसैगरी पार्टी एकतासँगै पार्टीको अध्यक्ष को हुने, केन्द्रीय समितिमा क-कसलाई राख्ने अनि प्रधानमन्त्री, राष्ट्रपति लगायतको पदीय बाँडफाँड कसरी गर्ने भन्ने लगायतका संगठनात्मक प्रश्नहरु पनि समाधान गर्न बाँकी छ ।

एकता संयोजन समितिको बैठकपछि बन्ने टीमले यी वैचारिक एवं सांगठनिक प्रश्नको समाधान गर्ने प्रचण्डले जानकारी दिएका छन् ।

यसैवीच प्रचण्ड र केपी ओलीले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि छलफल गरेका छन् । बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने-‘राष्ट्रियसभा निर्वाचनका बारेमा अनि प्रदेशसभा निर्वाचनका बारेमा पनि छलफल भयो ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabhat Kiran

    मेराे बिचारमा तपाईं हरु पार्टी एकता नगर्नुहोस् अा अाफ्नाे पार्टीको अा अाफ्नै महत्त्व छ । ताल मेल मा 60/40% काे सरकार बनाएर देश बिकाश गर्नु हाेस् याे पटक सरकार काे नेतृत्व गर्ने अाेलि कमरेड हाे जनताकाे चाहाना अनुरुप प्रचण्ड कमरेड ले ४ तिर बार्गेनिङ नगरि गठबन्धन प्रति ईमानदारी देखाए ५ बर्स पछाडि देश हाक्ने तपाईनै हाे।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
मेयर रेनुको यस्तो छ सुन्दर र समृद्ध भरतपुर महानगर बनाउने ८७ बुदेँ नीति तथा कार्यक्रम(पुरा बुदाँसहित)
इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो
इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँः राष्ट्रपति भण्डारी
भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
आजको मौसम :आंशिकदेखि सामान्य बदली रहने
आजको मौसम :आंशिकदेखि सामान्य बदली रहने
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ dialogue is used by Mumbai Police to control traffic!
Janhvi Kapoor and Ishaan Khattar starrer ‘Dhadak’ dialogue is used by Mumbai Police to control traffic!
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी

तपाईंले छुटाउनुभयो कि?