साउण्ड सिस्टमका विषयमा विवाद हुँदा एक युवकको हत्या
सारांश
- काठमाडौं ।
- रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ ।
- तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहर बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
काठमाडौं । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहर बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बुधबार राति विवाहका लागि चाहिने साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो । हत्या बुधबार भए पनि बिहीबार मात्रै मुसहरको शव फेला परेको प्रहरीले जनाएको छ ।
खेतमा शव देखेपछि स्थानीयवासीले खबर गरे, शव हेर्दा हत्या गरेको आशंका लागेपछि चौधरीलाई पक्राउ गरेको बताए । प्रहरीका अनुसार चौधरीले हत्या गरेको स्वीकार गरेका छन् ।
झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुंगाले टाउकोमा हानेर हत्या गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताएका छन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया