अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना

सारांश

  • अभिनेत्री केकी अधिकारी चेढेको जीप दुर्घटनामा परेको छ ।
  • काठमाडौंबाट रौतहट छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान ४ बजे कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।
  • केकी सामाजिक गीतको छायाँकनको लागि आफ्नो टिमसँग रौतहट हिडेका थिए ।

अभिनेत्री केकी अधिकारी चेढेको जीप दुर्घटनामा परेको छ । काठमाडौंबाट रौतहट छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान ४ बजे कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो ।

केकी सामाजिक गीतको छायाँकनको लागि आफ्नो टिमसँग रौतहट हिडेका थिए । गाडीमा नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज र चालक सुजन पोखरेल थिए ।

तीव्र गतिमा गुडिरहेको उक्त दुर्घटनाको गाडीमा सवार सबै जना समान्य घाइते भएका छन । कटहरियामा उनीहरुलाई सामान्य उपचार गराएर रेस्टमा राखिएको छ । दुर्घटनामा परेर गाडीमा ठुलो क्षति भएपनि छायाँकनको लागि लगिएको क्यामरा लगायतका उपकरणहरु सुरक्षित रहेको जनाइएको छ ।

उनीहरु सामाजिक सचेतना जगाउने गीत ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गितको छायाँकनका लागि त्यहाँ पुगेका हुन् । गीतको छायाँकन भोलिदेखि ४ दिनसम्म कटहरिया, मौलापुर, फतुवा बिजयपुर लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा हुने जनाइएको छ ।

गीतको मुख्य उद्देश्य बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतनका निर्माण गर्नु हो । यस गीतमा प्रदेश २ का नेकपा अध्यक्ष तथा संघीय सांसद प्रभु साहको लगानी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?