एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको घोषणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
१४० पटक हेरिएको
Shares
एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको घोषणा

सारांश

  •  माघ २, नेकपा एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको छ।
  • एमाले अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी ओलीले आज एक भब्य समारोह बीच २३ सय ३३ नयाँ सदस्यहरुलाई सफथग्रहण गराउनु भएको थियो।
  •   “यो भन्दा अगाडी जिल्ला भरी आफ्नो सदस्य संख्या २२ सय ५३ थियो।
 माघ २,
नेकपा एमालेले आफ्नो सदस्य संख्या दोब्बर बनाएको छ। एमाले अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी ओलीले आज एक भब्य समारोह बीच २३ सय ३३ नयाँ सदस्यहरुलाई सफथग्रहण गराउनु भएको थियो।
 
“यो भन्दा अगाडी जिल्ला भरी आफ्नो सदस्य संख्या २२ सय ५३ थियो। अब हाम्रो संख्या दोब्बर भएको छ। महिलाहरुको उल्लेख्य संख्या छ। यो भक्तपुरको निमित्त आगामी निर्वाचन जित्ने बलियो आधार बनेको छ। जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले बताए।”
“केपी ओली सरकारको लोकप्रिय बजेट र पुर्व मन्त्री महेश बस्नेत मन्त्री भएको अबसरमा भक्तपुरमा भएको बिकाश निर्माणको प्रभाबले एमालेको आधार निकै बलियो भएको छ। आउदो स्थानीय र संसदीय निर्वाचनमा भक्तपुरमा खाता खोल्ने लगभग निश्चित भएको छ।” उपाध्यक्ष वचन देउजाले बताए। यस अघि राप्रपाका उपाध्यक्ष चन्दन श्रेष्ठ ,कोषाध्यक्ष मनकराम थापा, अनन्तलिङ्गेश्वर नगरपालिका माओबादी अध्यक्ष पुष्प कार्की अफ्नो सम्पुर्ण सदस्य सहित एमाले प्रबेश गरेका थिए।
त्यस्तै बन उपभोक्ता महासंघ भक्तपुरका उपाध्यक्ष बिश्वराम थापा नेमकिपा बाट, तरुनदल जिल्ला उपाध्यक्ष बिजय बस्नेत, जिल्ला सदस्य दिनेश थापा, गोभर्धन कुवँर, गोपी नेउपाने महिला संघको २ नं क्षेत्रकि सचिब सुमित्रा खत्री लगाएतको ठूलो संख्या पार्टी प्रबेश गरेको कुरा जिल्ला सचिब बासुदेब थापा बताउछन। डोलेश्वर महादेब संरक्षण समितिका बरिस्ठ उपाध्यक्ष किरण थापा, सुर्य बिनायक गणेश मन्दिर संरक्षन समितीका अध्यक्ष हरिशरण बस्नेत,मानबीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रंजित उपाध्यक्षहरु प्रकाश सैजु,राम प्रसाद मानन्धर, शिव अवाल, कटुन्जे खानेपानीका कोषाध्यक्ष कमल तिमल्सिना, किवाचोक खानेपानीका संरक्षक भिमशेन खतिवडा लगाएत सामाजिक ब्यक्तिहरु पनि ठूलो संख्या एमाले प्रवेश गरेका छन। हालै सम्पन्न भक्तपुरको निर्माण ब्यबसायी संघको निर्वाचनमा एमाले समर्थक अध्यक्ष निरन्जन बहगांई महासचिव बिजय देउजा सहित समुहले बिजय हासिल गरेको थिए।तेस्तै काँग्रेसको प्राभाब रहेको बर्तमान सांसद रामेश्वोर ढुंगेलको गाउँ कटुन्जे को खानेपानी समितिमा २५ बर्ष पछि एमालेका श्री कृष्ण बासु र शुवर्णेश्वर खानेपानीमा एमालेकै दिपक बिसुङ्खले बिजय हासिल गर्नु एमालेको प्रभाब बढेको छ सचिब हरिशरण लामिछानेले बताए। अब एमालेको जीतलाई कसैले रोक्न सक्दैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?