सात सय कर्मचारीको दरबन्दी रिक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
सात सय कर्मचारीको दरबन्दी रिक्त

सारांश

  • काठमाडौं।
  • शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ।
  • दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ।

काठमाडौं। शाखा अधिकृतभन्दा माथिका करिब सात सय कर्मचारीको दरबन्दी रिक्त रहेको छ। दरबन्दी रिक्त हुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव देखिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रशासन सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्म करिब ७०० कर्मचारी दरबन्दीअनुसार नभएको बताए।

उनले दरबन्दीअनुसार कर्मचारी नहुँदा काम प्रभावित भएका छन्। उनका अनुसार सहसचिव १००, उपसचिव २०० र शाखा अधिकृत ४०० पद रिक्त छन्। सचिव रिक्त हुँदा भने मन्त्रिपरिषद्ले रिक्त भएको १५ दिनभित्र नियुक्त गर्ने गर्दछ। तर सो पद भने लोक सेवा आयोगबाट मात्र नियुक्त भएर आउने भएकाले नियुक्तिमा ढिलाइ हुने भएको हो। उक्त पदका दरबन्दी खाली भएपछि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत निमित्तको भरमा सञ्चालन भएका छन्। प्रवक्ता बरालका अनुसार अहिले ११६ नगरपालिका र ६६ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खाली छन्। नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।

गत वर्ष कर्मचारी समायोजनका कारण पद पूर्ति हुन नसकेपछि उक्त पदका दरबन्दीमा कर्मचारी अभाव भएका हुन्। प्रवक्ता बरालले पदपूर्तिका लागि प्रक्रिया लोकसेवा आयोगले अगाडि बढाएको जानकारी गराए। आगोले विज्ञापन खोली सो पदमा कर्मचारी पदपूर्तिको प्रक्रियासमेत थालेको छ। “आयोगबाट सिफारिस गर्न अझै दुईरतीन महिना लाग्छ’’, उनले भने ,‘‘ त्यति बेलासम्म ज्येष्ठताका आधारमा कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको छ।’’ रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङमै ‘डायलासिस’ सेवा शुरु
बागलुङमै ‘डायलासिस’ सेवा शुरु
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
सेना परिचालन गरेर भारतसँगका २० नाकामात्र खोल्ने
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
रसुवामा राहदानी प्राप्तिका लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था
रसुवामा राहदानी प्राप्तिका लागि अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था
माघ १६ गते विहिबारको राशिफल यस्तो छ
माघ १६ गते विहिबारको राशिफल यस्तो छ
यमबुद्धको शव शनिबार नेपाल ल्याइने
यमबुद्धको शव शनिबार नेपाल ल्याइने

तपाईंले छुटाउनुभयो कि?