साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
सारांश
- काठमाडौँ, २६ भदौ ।
- नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा प्रवेश गरेको छ ।
- नेपाल पाँच वर्ष पछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको हो ।
काठमाडौँ, २६ भदौ । नेपाल बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाईनल खेलमा प्रवेश गरेको छ । नेपाल पाँच वर्ष पछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि नेपालले सन २०१३ मा काठमाडौँमा सम्पन्न प्रतियोगितामा सेमिफाइनल सम्म पुग्न सफल भएको थियो ।
नेपालको सेमिफाइनल खेलमा समूह बि को उपविजेता मालदिव्ससँगको भेट पक्का भएको छ । समूह ए को उपविजेता पाकिस्तान र समूह बि को विजेता भारत सेमिफाइनलमा भिड्नेछन् । सेमिफाइनलका दुवै खेल बुधबार हुनेछन् ।
नेपाल यो सँग चाँैथो पटक सेमिफाइनल प्रवेश गरेको हो भने अहिले सम्म फाइनल पुग्न सकेको छैन । यस्तोमा नेपाललाई इतिहास बनाउने र पहिलो पटक उपाधि भित्र्याउने सुनौलो अवसर हनेछ । तर नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी मालदिव्ससँग भने पछिल्ला भेट त्यति उत्साहजनक छैनन् । अहिलेसम्म १५ पटक माल्दिव्ससँग आमने सामने भएको नेपालले ४ पटक मात्र जित हाँसिल गर्न सकेको छ । बाकिँ ११ मा ७ खेल माल्दिव्सले जित्यो भने ४ खेल बराबरीमा रोकिएको थियो । पछिल्लो पटक नेपाल र माल्दिव्स सन २०११ को साफ च्याम्पियनसिपमा भेट भएका थिए जुन खेल बराबरीमा रोकिएको थियो ।
पहिलो खेलपछि लयमा आएको नेपालले यी पछिल्ला सबै नतिजा उल्ट्याउँदै उपाधि कब्जा गर्ने दाउमा रहनेछ ।
प्रतिक्रिया