अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०८१
|
|
५३ पटक हेरिएको
Shares
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड

सारांश

  • म्याग्दी।
  • यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।
  • दशैंको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए।

म्याग्दी। यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

दशैंको टीकापछिका पाँच दिनमा आठ सय बढी आन्तरिक पर्यटक त्यस क्षेत्रमा पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए। अन्नपूर्ण-३ नारच्याङको हुमखोलाबाट उक्त पदमार्ग हुँदै दुई दिनको पैदलयात्रा पछि अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ।

बिदा मनाउन निस्केका आन्तरिक पर्यटकले अन्नपूर्ण प्रथम हिमालको मुख्य आधार शिविर र आरोहण मार्गमा पर्यटकको भीड बढेको आधार शिविर पुगेर फर्किएका आन्तरिक पर्यटक सुशान्त पौडेलले बताए।

केही वर्षअगाडिसम्म आधार क्षेत्र सुनसान थियो। यहाँ पदमार्गका लागि विभिन्न पर्यटकीय पूर्वाधार निर्माण, आधार शिविर तथा पञ्चकुण्ड तालसहित पदमार्गमा रहेको फुतफुते ताल, गुफा, झरनासहितका सुन्दर दृश्यका कारण चहलपहल बढेको हो।

गत वर्षको भन्दा यस वर्ष अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने पर्यटकको संख्यामा छ गुणाले वृद्धि भएको बताइएको छ। भारतीय, चिनियाँ, ताइवानी र इटालियन पर्यटकको संख्या पनि गत वर्षभन्दा वृद्धि भएकामा स्थानीय होटल व्यवसायी उत्साहित छन्।

पर्यटकको संख्या वृद्धि भएसँगै आधार शिविरमा फोहर बढेको छ भने शौचालयसहितका अन्य संरचनामा सम्बन्धित निकायको ध्यान नपुगेको पर्यटकले गुनासो गरेका छन्।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर क्षेत्र पुग्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको  बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ
नयाँ वर्षमा पाथीभरासहितका पर्यटकीय क्षेत्र भरिभराउ
४० जनाको ज्यान जाने पुलावामा घटनामा भारतकै गल्ती !
४० जनाको ज्यान जाने पुलावामा घटनामा भारतकै गल्ती !
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित
रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित
नहरमा  बगिरहेको अवस्थामा एक युवतीको शव फेला
नहरमा बगिरहेको अवस्थामा एक युवतीको शव फेला
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
लोकतन्त्रको रक्षाका लागि जीवनभर लड्छु : शशाङ्क कोइराला
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।
नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर ।