साफ च्याम्पियनसीप : नेपाल र पाकिस्तानबीचको खेल सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
साफ च्याम्पियनसीप : नेपाल र पाकिस्तानबीचको खेल सुरु

सारांश

  • ढाका (बंगलादेश), १८ भदाै।
  • साफ सुजुकी कप २०१८ को पहिलो खेलमा नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ ।
  • बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल सुरु भएको हो ।

ढाका (बंगलादेश), १८ भदाै। साफ सुजुकी कप २०१८ को पहिलो खेलमा नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल सुरु भएको हो । नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो शुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ । तर, पाकिस्तानलाई पराजित गर्न नेपाललाई त्यति सजिलो भने छैन । किनभने नेपाल इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको यु-२३ फुटबलमा २-१ गोलअन्तरले पराजित भएको थियो ।

पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको पराजय भोगेको थियो ।नेपालले पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १-१ गोलको बराबरी खेलमा खेल टुंग्याएको थियो । १-० गोलले पछि परेको नेपालका लागि अन्तिम समयमा विमल घर्तिमगरले गोल गर्दै बराबरी दिलाएका थिए ।

समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् ।समूह ए कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।

पाकिस्तानसँग खेल्ने नेपालको प्लेयिङ इलाभेनमा पहिलो पटक राष्ट्रय टिममा परेका सुमन अर्यालले डेब्यु गर्दै छन् ।

नेपालको प्लेयिङ इलाभेन

गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – आदित्य चौधरी, सुमन अर्याल, विराज महर्जन, अनन्त तामाङ
मिडफिल्डर – हेमन्त थापा मगर, रोहित चन्द, विमल घर्तीर्मगर, सुजल श्रेष्ठ
फरवार्ड – भरत खवास र नवयुग श्रेष्ठ

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sangit Thapa Singer

    Good luck

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?