इरानको हतियार प्रणालीमा अमेरिकाद्वारा साइबर आक्रमण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
४५ पटक हेरिएको
Shares
इरानको हतियार प्रणालीमा अमेरिकाद्वारा साइबर आक्रमण

सारांश

  • बीबीसी।
  • अमेरिकाले इरानको हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरेको छ।
  • केही अमेरिकी रिपोर्ट्समा अवाइ आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरिएको दाबी गरिउको छ।

बीबीसी। अमेरिकाले इरानको हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरेको छ। केही अमेरिकी रिपोर्ट्समा अवाइ आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयपछि हतियार प्रणाली विरुद्ध साइबर आक्रमण सुरु गरिएको दाबी गरिउको छ।वाशिंटन पोस्ष्टका अनुसार रकेटर मिसाइल सिस्टमलाई नियन्त्रित गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ।न्यूयोर्क टाइन्समा अनुसार तेल ट्यांकर माथि आक्रमण र त्यसपछि अमेरिकी हवाइ ड्रोनलाई खसालेपछि अमेरिकाले इरान विरुद्ध नयाँ कदम उठाएको हो। साइबर आक्रमण केही हप्तासम्म जारी रहने बताइएको छ। यसको उद्देश्य इरानको त्यो हतियार प्रणालीलाई निशाना बनाउनु हो जसको प्रयोग इस्लामिक रिभोल्यूशनरी गार्ड कार्पले गर्दै आएको छ।

यो आक्रमणपछि यो प्रणालीमा अनलाइनमा काम गर्न संभव हुँदैन। र, यसको प्रयोग अफलाइनमात्रै हुन्छ।यद्यपी शनिबार अमेरिकी गृह सुरक्षा विभागले इरानले अमेरिका विरुद्ध साइबर आक्रमण तीव्र पारेको चेतावनी दिएको थियो।त्यस बाहेक राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि झन कडा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। र, उक्त प्रतिबन्ध इरानले आफ्नो व्यवहार नसच्याएसम्म जारी रहने बताएका थिए।उनले पत्रकारसँग भनेका थिए–हामी केही अरु प्रतिबन्ध लगाउँदैछौं। केही विषय त निकै तीव्र रुपमा ।

’ट्रम्पको यस्तो अभिव्यक्ति त्यतिबेला आएको छ जतिबेला इरानले आफ्नो परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरसम्म तय गरिएको सीमा भन्दा पनि अगाडि बढाउने घोषणा गरेको थियो।२०१५ को परमाणु सम्झौता अनुसार इरानको युरोनियम सम्वद्धनका विषयमा सीमा तय गरिएको थियो। त्यसको बदलामा इरानमाथि लगाइएको केही प्रतिबन्ध हटाइएको थियो। र इरानको तेल निर्यात गर्न अनुमति दिइएको थियो, जो इरान सरकारको आम्दानीको मुख्य स्रोत हो।तर अमेरिकाले आफूलाई उक्त सम्झौताबाट बाहिर निकालेर इरानमाथि पुन प्रतिबन्ध लगाएको थियो। यसले इरानको अर्थव्यवस्था प्रभावित हुन थाल्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप छनाेटः नेपालकाे १०० रन पुरा, सुवाष ५० रन बनाएर अाउट
एसिया कप छनाेटः नेपालकाे १०० रन पुरा, सुवाष ५० रन बनाएर अाउट
त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी
त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने
गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
एक सय साठी गोही नदीमा छोडियो
एक सय साठी गोही नदीमा छोडियो
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो,  अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
सिजि टेलिकमलाई मोबाईल सेवा सञ्चालनका लागि बाटो खुल्यो, अनुमति प्रदान गर्न प्राधिकरणलाई सर्वोच्चको आदेश
International Dating Can Be a Great Way to satisfy People Via Different Parts of the World
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना