सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १९, २०७६
|
|
३७ पटक हेरिएको
Shares
सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

सारांश

  • दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ ।
  • ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ ।
  • वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा पनि आठ विद्यार्थी मात्रै भर्ना भएका छन् ।

दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ ।वडा नं ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा पनि आठ विद्यार्थी मात्रै भर्ना भएका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षक कार्यरत छन् ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएकाले यसमा विद्यार्थीको आकर्षण घट्दै गएको शिक्षा क्षेत्रका जानकार बताउँछन् । वडा नं ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी अध्ययनरत रहेकामा तीन शिक्षक कार्यरत छन् । वडा नं ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८ विद्यार्थीका लागि १२ शिक्षक कार्यरत छन् भने मण्डलास्थित जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थीका लागि चार शिक्षक कार्यरत छन् ।

उक्त नगरपालिकामा १० भन्दा बढी आधारभूत विद्यालयले विद्यार्थीको अभाव जेल्दै आएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताउनुभयो । सदरमुकामका कम विद्यार्थी भएका विद्यालयलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले गर्न सकिने अवस्था नरहेको उहाँको भनाइ थियो । जिल्ला शिक्षा समितिले पनि विद्यालय समायोजनको नीति बनाउन सकेको छैन् । सङ्घीय शिक्षा ऐन नै नआएका कारण अहिले नै समायोजनका विषयमा केही गर्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
पुनम पाण्डेकाे कार्यक्रम राेक्न प्रहरीकाे निर्देशन, के हाेला स्थगीत?
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
काठमाडौंमा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमको चुनाबी एकता!
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
पर्यटन प्रबर्धन गर्न सिंगापुरको कम्पनीले नेपाली कम्पनीसँग मिलेर काम गर्ने, बन्यो अमेजमान एप
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
गायिका रेश्मा बम्जनको नयां गीत ‘ मैले क्यारम भो ’ सार्वजनिक (भिडियो)
१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस
१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस
डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो
डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ
५ लाख घुसहित काठमाडौं जिल्ला अदालतका नायब सुब्बा पक्राउ
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
उदयपुर मा कमान्ड को रूपमा सशस्त्र प्रहरी उपरीक्षक
उदयपुर मा कमान्ड को रूपमा सशस्त्र प्रहरी उपरीक्षक
औषधि बोकेर उडेको ड्रोन जब राम्चे गाउँ पुग्यो…
औषधि बोकेर उडेको ड्रोन जब राम्चे गाउँ पुग्यो…

तपाईंले छुटाउनुभयो कि?