सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ५, २०७३
|
|
२०८ पटक हेरिएको
Shares
सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय नीतिको विरोध गरेका छन् ।
  • उनले सार्क, बिमस्टेकजस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै त्यसको विरोध गरेका छन् ।
  • बुधबारदेखि सुरु भएको एमालेको पोलिटब्यूरो बैठकमा केपी ओलीले पेश गरेको १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भारतले पाकिस्तानलाई घेराबन्दी गर्न खोजेको विश्लेषण गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय नीतिको विरोध गरेका छन् । उनले सार्क, बिमस्टेकजस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै त्यसको विरोध गरेका छन् ।

बुधबारदेखि सुरु भएको एमालेको पोलिटब्यूरो बैठकमा केपी ओलीले पेश गरेको १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भारतले पाकिस्तानलाई घेराबन्दी गर्न खोजेको विश्लेषण गरिएको छ । नेपालले भारतीय स्वार्थ पूरा हुन नदिने ओलीको दस्तावेजमा स्पष्ट संकेत गरिएको छ ।

ओलीद्वारा प्रस्तुत प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको छ-‘भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको छ । यसभित्र पाकिस्तानलाई सबैतिरबाट अलग गर्ने भारतीय उदेश्य रहेको महसुस गर्न सकिन्छ ।’

एमाले अध्यक्ष ओलीले दस्ताबेजमा अगाडि भनेका छन्-‘सार्क, बिमस्टेकजस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा हरसम्भव प्रयाश गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
हिउँदे अधिवेसन आइतवारदेखि सुरु हुँदै
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग
प्रदेश नाम र राजधानी सहमती बाटनै राखीने :मुख्य मन्त्री राई
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
इन्डोनेसियामा भूकम्प, सुनामीकाे खतरा कम !
सानो पर्दामा पनि जयकिशन ‘हाइहाइ’
सानो पर्दामा पनि जयकिशन ‘हाइहाइ’
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने

तपाईंले छुटाउनुभयो कि?