नेपाल उज्वेकिस्तानसँग पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नेपाल उज्वेकिस्तानसँग पराजित

सारांश

  • किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
  • किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो ।
  • सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही मैदानमा हिजो आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।

जीतसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ । हिजो भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ ।

नेपालले अब आफ्नो तेस्रो खेल भोलि ताजिकिस्तानसँग खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा एक गोल खायो भने खेलको दोस्रो हाफमा पनि समान एक गोल नै खायो । उज्वेकिस्तानले खेलको ३४ र ५१औँ मिनेटमा गोल गरेको थियो ।नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल यही भदौ २६ गते हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?