सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद

सारांश

  • काठमाडौँ: नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिएका छन्।
  • यहाँस्थित पाकिस्तानी राजदूतावासमा शुक्रबार आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा उनले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए।
  • सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए।

काठमाडौँ: नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिएका छन्। यहाँस्थित पाकिस्तानी राजदूतावासमा शुक्रबार आयोजित ‘क्षेत्रीय शान्ति र विकास’ विषयक छलफल कार्यक्रममा उनले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए।

सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए।आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एशियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको कथन थियो।

पूर्व राजदूत विष्णुहरि नेपालले द्विपक्षीय विषयलाई लिएर सार्क प्रक्रियामा अवरोध हुन नहुनेमा जोड दिँदै सार्कको अध्यक्ष नेपालले १९औँ शिखर सम्मेलन आयोजनाका निम्ति आवश्यक प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए। पत्रकार राजन कार्कीले भारत–पाकिस्तान द्वन्द्वले सार्कका गतिविधि प्रभावित हुन नहुनेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडामै भत्ता पाउँदा शुक्लाफाँटा नगपालिकाका ज्येष्ठ नागरिक झन्झट मुक्त !
वडामै भत्ता पाउँदा शुक्लाफाँटा नगपालिकाका ज्येष्ठ नागरिक झन्झट मुक्त !
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
सरकार गठन गर्ने विषयमा विवाद नभएको नेकपा एमालेका नेता नेम्वाङको दाबी
हिउँमा रमाउन पर्यटकको घुइँचो
हिउँमा रमाउन पर्यटकको घुइँचो
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
एकको उपहार, अर्काको सरोकार’: सहयोगको हात फैलाउँदै सुखावती
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि
शंकरपुर तालमा चराका हुल, बन्दै पर्यटकीय गन्तव्य
शंकरपुर तालमा चराका हुल, बन्दै पर्यटकीय गन्तव्य
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
के होला संसदमा? सत्ता पक्ष र प्रतिपक्षीका आ आफ्नै अडान
के होला संसदमा? सत्ता पक्ष र प्रतिपक्षीका आ आफ्नै अडान

तपाईंले छुटाउनुभयो कि?