सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २६, २०७७
|
|
२५ पटक हेरिएको
Shares
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु

सारांश

  • तनहुँ, २६ मंसिर ।
  • सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यवहारविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले अभियान शुभारम्भ गरेको छ ।
  • विश्व मानवअधिकार दिवस एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा तनहुँ प्रहरीले बिहीबार एक कार्यक्रमको आयोजना गरी यौनजन्य हिंसा र दुव्र्यवहारविरुद्ध ‘सेफ्टी पिन’ अभियान शुभारम्भ गरेको हो ।

तनहुँ, २६ मंसिर । सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यवहारविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले अभियान शुभारम्भ गरेको छ । विश्व मानवअधिकार दिवस एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनको अवसरमा तनहुँ प्रहरीले बिहीबार एक कार्यक्रमको आयोजना गरी यौनजन्य हिंसा र दुव्र्यवहारविरुद्ध ‘सेफ्टी पिन’ अभियान शुभारम्भ गरेको हो ।

सार्वजनिक स्थानमा हुने भेला, सभा तथा अन्य कार्यक्रम एवं होटल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार गर्नेलाई कारवाही गर्न त्यस्ता स्थानमा सादा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । “अभियुक्तलाई तत्कालै पक्राउ गरी कारवाही थाल्न तथा पीडितलाई न्यायका लागि एवं सार्वजनिक स्थानमा हुने दुव्र्यवहारका घटनालाई न्यूनीकरण गर्न अभियान प्रभावकारी हुनेछ”, उनले भने ।

अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलले सार्वजनिक स्थानमा महिलामाथि यौनजन्य र अन्य खाले हिंसा हुने भएकाले त्यस्ता हिंसा र दुव्र्यहारको अन्त्य गर्न प्रहरीको अभियान सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराई, व्यासभूमि यातायात व्यवसायी सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनाल, महिला सशक्तीकरण सञ्चार समाज तनहुँका अध्यक्ष प्रकृति खनाललगायतले सार्वजनिक स्थानमा हुने यौनजन्य हिंसा र दुव्र्यवहार अन्त्य गर्न सबैले प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यहारको घटनाको सूचना सङ्कलन, सचेतना र कारवाहीका लागि अभियान सञ्चालन हुने जानकारी दिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !
मोदी आउँदा ग्रेटर नेपालका अध्यक्ष पक्राउ
मोदी आउँदा ग्रेटर नेपालका अध्यक्ष पक्राउ
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…
कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि
बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण
दाङ विष्फोटनमा घाइते प्रहरीको मृत्यु
दाङ विष्फोटनमा घाइते प्रहरीको मृत्यु
किसानका केरा फाँड्नेहरु जेल चलान
किसानका केरा फाँड्नेहरु जेल चलान

तपाईंले छुटाउनुभयो कि?