सालकको खपेटा सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सालकको खपेटा सहित पक्राउ

सारांश

  • सालकको खपेटा सहित २ जना पक्राउ परेका छन् ।
  • काठमाडौं मैतीदेवी पेट्रोल पम्प नजिक बा.
  • २ ज ६५७ नम्बरको ट्याक्सीबाट ४ सय ४५ ग्राम तौल भएको सालकको खपेटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सालकको खपेटा सहित २ जना पक्राउ परेका छन् । काठमाडौं मैतीदेवी पेट्रोल पम्प नजिक बा.२ ज ६५७ नम्बरको ट्याक्सीबाट ४ सय ४५ ग्राम तौल भएको सालकको खपेटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी नगरपालिका–४ बस्ने ३२ वर्षीय राम मिजार र सोही ठाउँ बस्ने २७ वर्षीय नवराज मिजार रहेका छन् । उक्त ट्याक्सीमा अवैध रुपमा सालकको खपेटा ओसार पसार गरी किनबेच गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उक्त ट्याक्सी जाँच गर्दा कालो झोलाभित्र प्लाष्टिकमा लुकाई राखेको उक्त खपेटा फेला पारी उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?