भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०८१
|
|
४६ पटक हेरिएको
Shares
भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एशिया कपको उपाधि

सारांश

  • काठमाडौं।
  • श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ।
  • श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो।

काठमाडौं। श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ। श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो।

भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले ६१ रन बनाएकी थिइन्। त्यस्तै कभिशा दिलहरिले अविजित ३० रन बनाएकी थिइन्।

यस अघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?