साल्ट ट्रेडिङले समेत आफु खुशी बेच्छन् चिनी, चिनीको मूल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
साल्ट ट्रेडिङले समेत आफु खुशी बेच्छन् चिनी, चिनीको मूल्य बढ्यो

सारांश

  • काठमाडौ ।
  • नेपाल सरकारले आयातमा कोटा तोकेसँगै बजारमा चिनीको मूल्य बढेको छ ।
  • व्यापारीहरूले अहिले किलोमै १० रुपैयाँसम्म भाउ बढाएका छन् ।

काठमाडौ । नेपाल सरकारले आयातमा कोटा तोकेसँगै बजारमा चिनीको मूल्य बढेको छ । व्यापारीहरूले अहिले किलोमै १० रुपैयाँसम्म भाउ बढाएका छन् । सरकारले कोटा नतोक्दासम्म प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म रहेको चिनीको मूल्य अहिले ८० देखि ८५ रुपैयाँसम्म पुगेको छ ।

 

भदौ ३१ गते नेपाल सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो । यो वर्ष १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न पाउने निर्णय गत भदौ मसान्तमा बसेको मन्त्रिपरिषद्ले गरेको थियो । यो निर्णयसँगै आयात लगभग रोकिएको छ । यही आयात रोकिएको मौकामा व्यापारीले चिनीको मूल्य बढाएका हुन ।

 

‘सरकारले आयात कोटा तोकेपछि व्यापारीले मनपरी चिनीको मूल्य कायम गरेको उपभोक्ताकर्मीको भनाई छ । व्यापारीले आयातकोटाको नाममा कालोबजारी गरेको उनीहरुको आरोप छ । केही खुद्रा व्यापारीका अनुसार अहिले चिनीको मूल्य बोरामै करिब एकसय ५० रुपैयाँ बढेर आएको बताएका छन् ।

अहिले चिनीको निश्चित बजार मूल्य नै छैन । साल्ट ट्रेडिङ कर्पोरेसनले आफु खुशी चिनी बेचिरहेका छन् । कर्पोरेसनले बजार हस्तक्षेप गर्न सकेको छैन। बजार हस्तक्षेप गर्ने अधिकार भए पनि चिनीको मूल्यवृद्धि हुँदा लिमिटेडले मूल्य नियन्त्रण गर्ने कुनै प्रयत्न नै गरेको छैन । कर्पोरेसनले नै प्रतिकिलो ७२ र ७३ रुपैयाँमा चिनी बेचिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?