म कास्मिरमा गोली र गालीबाट हैन, गला मिलाएर अगाडि बढ्नेछु: माेदी
सारांश
- भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लालकिल्लाबाट बुधबार बिहानै सम्बोधन गरेका छन्।
- अंग्रेजबाट भारत स्वतन्त्र भएको अवसरमा हरेक वर्ष स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्रीले लालकिल्लाबाट महत्वपूर्ण सम्बोधन गर्ने चलन भारतमा छ।
- लालकिल्ला जानुअघि एकाबिहानै प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘स्वतन्त्रता दिवस के शुभ अवसर पर सभी देशवासियों को शुभकामनाएं।
भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको लालकिल्लाबाट बुधबार बिहानै सम्बोधन गरेका छन्। अंग्रेजबाट भारत स्वतन्त्र भएको अवसरमा हरेक वर्ष स्वतन्त्रता दिवसको दिन प्रधानमन्त्रीले लालकिल्लाबाट महत्वपूर्ण सम्बोधन गर्ने चलन भारतमा छ। लालकिल्ला जानुअघि एकाबिहानै प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘स्वतन्त्रता दिवस के शुभ अवसर पर सभी देशवासियों को शुभकामनाएं। जय हिन्द।’
लालकिल्लामा मोदीको सम्बोधनका महत्वपूर्ण बुँदाः
– आज म खुशीको खबर सुनाउँदै छु। हाम्रो देशले अंतरिक्षको दुनियाँमा प्रगती गरिरहेको छ। सन् २०२२ सम्म भारतका कुनै पनि सन्तान अंतरिक्षमा जान सक्नेछन्।
– सुतेको हात्ति अब दौडन शुरु गरेको छ। विश्वभरका अर्थशास्त्री भन्दैछन्, अबका तीन दशक भारतले विश्व अर्थव्यवस्थालाई गति दिनेछ।
– म देशको हितमा काम गर्दैछु, पार्टीको हितमा होइन। मेरा लागि देश नै सर्वोपरी हो।
– मैले देशका किसानको पक्षमा काम गरेको छु। बेनामी सम्पत्ति कानुनको मातहत ल्याइएको छ। सारा विश्वले भारतलाई हेरिरहेको छ। म कडा निर्णय गर्ने सामथ्र्य राख्छु।
– ठूलो लक्ष राखिएन भने विकासको गति रोकिन्छ। म विकासको ठूलो लक्ष लिएर अगाडि बढ्ने प्रयास गर्दैछु।
– सन् २०१४ मा यस देशका सवा अर्ब नागरिक सरकार बनाएर मात्रै चुप बसेका थिएनन्। उनीहरू देश बनाउन पनि जुटेका थिए, र जुटिरहेका छन्। यो देशको ताकत हो।
– स्वतन्त्रतापछि अम्बेडकरको नेतृत्वमा समावेशी संविधान बन्यो। यसले हाम्रा लागि केही जिम्मेवारी लिएर आएको छ। समाजको हरेक तब्कालाई अगाड बढाउन संविधानले मार्गनिर्देशन गरेको छ।
– चौथो औद्योगिक क्रान्तिको नेतृत्व भारतले गर्नेछ। म यसका लागि प्रतिक्षारत छु। देशले आफ्नो क्षमता र संसाधनबाट पूरा लाभ उठाउने छ।
– म कास्मिरमा गोली र गालीबाट हैन, गला मिलाएर अगाडि बढ्नेछु।
– हिंसाले कसैको भलो गर्दैन। त्रिपुरा र मेघालयमा आतंकवाद नियन्त्रणमा आएको छ। नश्लवाद पनि तीब्र रुपमा नियन्त्रणमा आइरहेको छ। आंतरिक सुरक्षा कायम भएको छ।
– तीन तलाक कानुन पारित हुन दिइएको थिएन। संसदमा कानुन ल्याएर मैले मुस्लिम महिलालाई राहत दिएको छु।
– बलात्कारबाट देशलाई मुक्त गर्नुछ। पछिल्लो समय मध्यप्रदेश र राजस्थानमा बलात्कारीलाई फाँसीको सजाय दिइएको छ। यो खबरको प्रचार गर्न आवश्यक छ। महिलालाई न्याय दिन कुनै कसर बाँकी राख्दिनँ। आज सर्वोच्च अदालतमा तीन जना महिला न्यायाधीश छन्। स्वतन्त्रतापछि अहिलेको मन्त्री परिषदमा सबैभन्दा धेरै महिला छन्।
– म आज शसस्त्र सेनामा महिलालाई स्थायी सेवा दिने घोषणा गर्दछु।
– कालो धन र भ्रष्टाचार माफ हुनेछैन। जतिसुकै कठिनाई आएपनि म यसलाई छोड्ने छैन। मैले भाई भतिजावाद समाप्त गरेको छु।
– आज तपाईंले खाना खाँदै गर्दा कर तिर्ने व्यक्तिको करबाट देशका तीन गरिब व्यक्तिले खाना खान पाएका छन्। यसको पुन्य सरकारलाई होइन, करदातामा जान्छ। सन् २०१३ सम्म सिधै कर तिर्ने चार करोड थिए, अहिले यो संख्या पौने सात करोड पुगेको छ।
स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित दूतावासमा झण्डा फराउँदै भारतीय राजदूत
प्रतिक्रिया