सिआइपी सम्मान २५ व्यवसायीलाई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सिआइपी सम्मान २५ व्यवसायीलाई

सारांश

  • मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित हुनुभएको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रम’मा प्रधानमन्त्री केपी शर्मा ओलीले ती व्यवसायीलाई सिआइपी सम्मान प्रदान गर्नुभयो ।
  • गत कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले मुलुकको निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेका निर्यातकर्ता, लगानीकर्ता र रोजगारदातालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका विभिन्न १३ विधाका २५ व्यवसायी ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (सिआइपी) बाट सम्मानित हुनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘व्यावसायिक व्यक्ति सम्मान तथा सुशोभन कार्यक्रम’मा प्रधानमन्त्री केपी शर्मा ओलीले ती व्यवसायीलाई सिआइपी सम्मान प्रदान गर्नुभयो । गत कात्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकले मुलुकको निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेका निर्यातकर्ता, लगानीकर्ता र रोजगारदातालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।
तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा सबैभन्दा बढी वस्तु निकासी गर्ने रामचन्द्र संघाइ (धागो), दोर्जे ग्याल्जेन लामा (ऊनी गलैँचा), राहुलमान शाक्य (तयारी पोशाक), सूर्यकुमार गुरुङ (पश्मिना सल) र रविन श्रेष्ठ (ऊनी फेल्ट) लाई सो सम्मान प्रदान गरियो । यस्तै भारततर्फ रकमका आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता÷उद्योगीतर्फ हरकिरत सिंह वेदी, दिव्यराज सापकोटा र युक्ति गोल्छा र चीनतर्फको पेम्बा दोर्जे शेर्पा, विश्वराज बस्नेत र मछिन्द्र पाण्डे हुनुहुन्छ ।
नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निकासीकर्तातर्फ गोपीप्रसाद कँडेल र वाणिज्य नीति, २०७२ र नेपाल व्यापार एकीकृत रणनीति, २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु र जडीबुटीजन्य वस्तुको सबैभन्दा बढी निर्यात गर्ने सुजनकुमार श्रेष्ठ तथा निर्वाणकुमार चौधरीले सो सम्मान प्राप्त गर्नुभयो ।
सम्मान प्राप्त गर्नेमा निर्यात व्यापारमा कुल रकमको आधारमा सबैभन्दा निर्यात गर्ने महिला निर्यातकर्ता राजलक्ष्मी गोल्छा, सफ्टवेर निर्यातमा प्रथम स्थान हासिल गर्ने दिपेश प्रधान र सबैभन्दा बढी लगानी गर्ने उत्पादनमुलक उद्योग होङ्सी शिवम् सिमेन्टका लीऊ शु कुवाङ, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने पवनकुमार गोल्यान र बैंकिङ प्रणालीमार्फत सबैभन्दा बढी विप्रेषण भित्रयाउने आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनुहुन्छ ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी सुरेशलाल श्रेष्ठ (तारागाउँ रिजेन्सी होटल), सबैभन्दा बढी निकासी गर्ने युवा उद्यामीतर्फ सुनिता शेर्पा र अक्षय गोल्याणले पनि सो सम्मान प्राप्त गर्नुभयो । यस्तै निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउने निजी क्षेत्रका अध्यक्षलाई पनि मानार्थ सम्मान प्रदान गरिएको थियो । मानार्थ सम्मान पाउनेमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर हुनुहुन्छ ।
सम्मान पाउनेको छ सुविधा
सिआइपी सम्मानबाट सम्मानति हुनेले विभिन्न छ प्रकारका सुविधा प्राप्त गर्नेछन् । सो सम्मानबाट विभूषित हुनेले महत्वपूर्ण व्यवसायिक व्यक्तिको परिचयपत्र, सिआइपी लोगो तथा प्रमाणपत्र पाउनेछन् । सम्मान प्राप्त गर्ने व्यक्तिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा वरिष्ठ सरकारी पदाधिकारीसँग औपचारिक भेटघाट गर्ने अग्राधिकार प्राप्त गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।
यस्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको ‘सिआइपी लाउन्ज’ र नेपालको अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिको लागि राखिएको ‘भिआइपी’ कक्षको सुविधा प्राप्त गर्नेछन् । सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग, वाणिज्य क्षेत्रका सबै समारोहमा प्राथमिकतका साथ आमन्त्रण र आसनको व्यवस्था हुनेछ ।
विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउनेछन् । यस्तै सार्क क्षेत्रका मुलुकको भ्रमणका लागि ‘सार्क भिषा’ उपलब्ध गराउन सिफारिश प्राप्त गर्नेछन् । सिआइपी सम्मानद्वारा विभूसित हुनेले अन्य सरकारी निकायसँगको समन्वयमा थुप्रै सुविधा प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको प्रयोगकर्तालाई कारवाही गरिने
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
यी १० चुनावी एजेण्डा, जसका कारण आम आदमीलाई दिल्लीका मतदाताले पत्याए
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
ठाकुरका भाग्यमानी सम्धी-सम्धिनी
Assembly Thai Ladies Via A Dating Agency In Thailand
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

तपाईंले छुटाउनुभयो कि?