जेलमा रहेकी इरानी अधिकारकर्मी मोहमदीलाई नोबेल शान्ति पुरस्कार

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
जेलमा रहेकी इरानी अधिकारकर्मी मोहमदीलाई नोबेल शान्ति पुरस्कार

सारांश

  • एजेन्सी।
  • यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ।
  • इरानमा महिलामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गर्दै मानव अधिकारको रक्षाका लागि लडेका कारण उनलाई यो पुरस्कार प्रदान गरिने भएको हो।

एजेन्सी। यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ। इरानमा महिलामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गर्दै मानव अधिकारको रक्षाका लागि लडेका कारण उनलाई यो पुरस्कार प्रदान गरिने भएको हो।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस-एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन्। पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ। डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिनेछ।

नर्गिस भने अहिले इरानको जेलमा छिन्। उनलाई इरानको सरकारले १३ पटक पक्राउ गरिसकेको छ भने पाँचपटक दोषी ठहर्‍याइसकेको छ। सन् १९७२ अप्रिल २१ मा जन्मिएकी इरानी मानव अधिकारवादी कार्यकर्ता मोहम्मदी ‘डिफेन्डर्स अफ हृयुमन राइट्स सेन्टर’ (डिएचआरसी)की उपाध्यक्ष हुन्।

सन् २०२२ को बिबिसीको विश्वका शक्तिशाली १०० महिलाको सूचीमा उनको नाम थियो। नोबेल पुरस्कार समितिले भने नर्गिस छिट्टै जेलमुक्त भएर पुरस्कार वितरण समारोहमा उपस्थित हुने विश्वाससमेत व्यक्त गरेको छ।

यसै हप्ताको मंगलबार यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो। चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ।

यस्तै, यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोस्सलाई प्रदान गर्ने निर्णय गरिएको छ। अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?