लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
सारांश
- बुटवल।
- लायन्स क्लव अफ बुटवल क्षितिजले शनिबार स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
- रुपन्देहीको सियारी गाउपालीका ७ पश्चिम अमुवामा क्लवले मधुमेह जनचेतना तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको हो।
बुटवल। लायन्स क्लव अफ बुटवल क्षितिजले शनिबार स्वास्थ्य शिविर सम्पन्न गरेको छ। रुपन्देहीको सियारी गाउपालीका ७ पश्चिम अमुवामा क्लवले मधुमेह जनचेतना तथा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको हो।
शिविरमा २ सय जनाले मधुमेह परिक्षण साथै स्वास्थ्य परिक्षण गराएको कार्यक्रम संयोजक डाक्टर नेत्र रानाले जानकारी दिए। सन्जिवनी प्याथोलोजी बुटवलको प्राबिधिक सहयोग रहेको शिविरमा बिरामीलाई निशुल्क औषधि समेत बितरण गरिएको थियो।
फिजिसियन डाक्टर सुन्दर पाण्डेले स्वास्थ्य परिक्षण गरेका थिए। कार्यक्रममा मधुमेह परिक्षण पश्चात प्राप्त रिपोर्टका आधारमा काउन्सिलिङ गरिएको थियो। जनचेतना मुलक कार्यक्रममा बोल्दै डाक्टर पाण्डेले मधुमेहबाट बच्न खानपिन र व्यायममा ध्यान दिन अग्रह गरे।
सियारी गाउपालिका वडानम्वर ७ का अध्यक्ष सरोज अधिकारीले मधुमेह बारे प्रयाप्त जानकारी नहुनु र स्वास्थ्य प्रति नागरिकको हेलचक्राईले मधुमेह दिनप्रतिदिन बढ्दै गएको बताए।
क्लवले ग्रामिण भेगमा स्वास्थ्य चेतना फैलाउने उदेश्यले मधुमेह सम्बिन्धि सचेतना कार्यक्रमको साथै निशुल्क परिक्षण गदै आएको क्लवका अध्यक्ष मिलनकुमार पुनले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक ३ सय २५ बिटुका सिनियर एडभाईजर अर्जुनमान शैजुले लायन्स अन्र्तराष्ट्रियले मधुमेह दिवशको अवसरमा मधुमेह सप्ताह मनाईरहेको भन्दै, मधुमेह बिरुद्ध अभियान संचालन गरेको बताए साथै क्लबले छोटाे समयमा स्वास्थ्य सम्बन्धि धेरै कार्यक्रम सन्चालन गर्न सफल भएको भन्दै क्लबको प्रशंसा समेत गरे।
यसअघि गत साता नै क्लबले रुपन्देहीको सुद्धोधन गाउपालिका मानपकडिमा पनि मधुमेह सम्बन्धि स्वास्थ्य शिविर तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको छ।
प्रतिक्रिया