वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट

सारांश

  • काठमाडौं, पुस १० ।
  • एमाले उपाध्यक्ष बामदेव गौतमले हार्नुको कारण खुलासा भएको छ ।
  • पार्टी स्थायी कमिटी बैठकको एजेण्डा बनिसकेको गौतमको पराजयमा अन्तरघात सहायक तर वामदेवकै कमजोरी मुख्य कारण देखिएको छानविन कमिटीहरुको प्रारम्भिक निष्कर्ष आएको छ ।

काठमाडौं, पुस १० । एमाले उपाध्यक्ष बामदेव गौतमले हार्नुको कारण खुलासा भएको छ । पार्टी स्थायी कमिटी बैठकको एजेण्डा बनिसकेको गौतमको पराजयमा अन्तरघात सहायक तर वामदेवकै कमजोरी मुख्य कारण देखिएको छानविन कमिटीहरुको प्रारम्भिक निष्कर्ष आएको छ ।

बर्दिया १ बाट वामपन्थी गठबन्धनबाट उम्मेदवार बनेका गौतमलको पराजयलगत्तै ५ नम्बर प्रदेश संयोजक बिष्णु पौडेलले केन्द्रीय सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए ।

गौतमको जिल्लामा अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अलग्गै समिति गठन भएको छ । दुवै छानविन समितिले बुझाएको प्रारम्भिक रिपोर्टमा अन्तरघात सहायक कारण भएको जनाइएको छ ।

चुनावपछि पहिलोपटक शुक्रवार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले आफूलाई हराउन बर्दिया १ का निवर्तमान सांसद श्याम ढकालसहित ८÷९ जना नेताहरुको हात रहेको भन्दै अन्तरघातीको सूची बुझाएका थिए । गौतमले आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापा पनि लागेको मौखिक आरोप लगाएका थिए ।

गौतमको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित भन्दै यसको कारण खोज्न ५ नम्बर संयोजक बिष्णु पौडेललाई आग्रह गरेपछि छानविन अघि बढेको हो । बैजनाथ चौधरीले संयोजक पौडेललाई बुझाएको प्रारम्भिक रिपोर्टमा केही नेताले अन्तर्घात गरेको तर अन्तरघातकै कारण मात्र वामदेव पराजित नभएको उल्लेख गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?