सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सिके राउत कुर्लिए महन्थ ‘उपेन्द्र र लालबाबु भ्रष्ट नेता हुन्’

सारांश

  • जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू जेलभित्रै बस्दादेखि नै सरकारसँग सहमतिको तयारी भएको खुलासा गरेका छन् ।
  • प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राउतले आवश्यकता अनुसार नै सरकारसँग ११ बुँदे सम्झौता गरेको पनि बताए ।
  • सरकार र आफूबीचको सहमति जनताको चाहनाअनुसार नै भएको राउतको दावी छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आफू जेलभित्रै बस्दादेखि नै सरकारसँग सहमतिको तयारी भएको खुलासा गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै राउतले आवश्यकता अनुसार नै सरकारसँग ११ बुँदे सम्झौता गरेको पनि बताए ।

सरकार र आफूबीचको सहमति जनताको चाहनाअनुसार नै भएको राउतको दावी छ । उनले आफूमाथि अन्तर्राराष्ट्रिय दबाब आएर सहमति गरेको भन्ने तर्कको खण्डन गर्दै जनताको लागि सहमति गरेको बताएका हुन् । राउतले संविधान स्वीकार गरेको पनि बताएका छन् । आफूले संविधान विपरितका कुनै पनि गतिविधि नगरेकाले नै सरकारले सहमति गरेको जिकिर गरे ।

आफूले जनताको स्वतन्त्रका लागि स्वतन्त्र मधेशको अवधारणा अघि सारेको पनि स्पष्ट पारे । मधेशका जनता विभेदको सिकार भएकाले स्वतन्त्रताको एजेण्डा उठाएको राउतले बताए । राउतले संघीय समाजवादी फोरम र राजपा विखण्डनकारी भएको आरोपसमेत लगाए । फोरम अध्यक्ष उपेन्द्र यादव र राजपाका महन्थ ठाकुरलगायतले आफूलाई जेलहाल्न लगाएको भन्दै राउतले आक्रोष पोखे ।

सरकारसँग सहमति हुनुअघि र पछि पनि विभिन्न बहानामा यादव र ठाकुरले आफूमाथि अनावश्यक आरोप लगाउने गरेको राउतले बताए । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि मधेशी जनतालाई शोषण गरिरहेको राउतको आरोप छ । आगामी निर्वाचनमा मधेशवादी दलहरु बढारिने पनि उनले दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?