मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
६० पटक हेरिएको
Shares
मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

सारांश

  • जनकपुरधाम, मंसिर ८ ।
  • महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ ।
  • मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् ।

जनकपुरधाम, मंसिर ८ । महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् ।

यस पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्वमा बगैँचा र वन क्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिएका छन् । आफ्नै आँगन वा खेतबारी बगैँचामा अमला (धातृ) का रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोजको तयारी गरेको देखिँदो छ । पर्वमा अनिवार्यरूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा छ ।

यस पर्वमा अमलाका विशेष परिकार ९अचार, मुरब्बा र चटनी०सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने खाने परम्परा रहेको छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिदै जाने क्रममा खानेकुरामा गुणकारी फल अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउन्छन् ।

पर्व विशेषमा खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन आज एकाबिहानै वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुगेका छन् । खासमा यो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको जिल्लाकै बलवा बजारका बासिन्दा शिवनारायण झा बताउन्छन् । सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन र नजिकको बगैँचामा भोजको आयोजन गर्ने गरेका देखिन्छ ।

पर्व विशेषमा जिल्लाको बर्दिबास नगरक्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वनक्षेत्रका अमलाका रुखका फेदमा एक-दुई दिन पहिलेदेखि नै विभिन्न टोलीले भोजको ठाउँ छनोट गरेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाको भनाइ छ ।

मिथिलामा यो पर्वलाई कुष्माण्डा नवमी पनि भन्ने गरिएको छ । कात्तिक शुक्ल नवमीकै दिन द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश बध गर्नुपूर्व मधुरा, वृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता यस क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको भनाइ छ । मैथिलीमा अमलालाई ‘धातृ’ भनिन्छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दू जनविश्वास रहेको छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुुख प्राप्त हुने हिन्दू मैथिल जनश्रुति छ । इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमीसमेत भन्ने गरिएको डा विमल बताउनुहुन्छ । अमला स्वस्थबद्र्धक तथा यसताका रुखमा फलेका अमला पूर्णरूपले खानयोग्य बन्ने हुँदा यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुुरु गरेको मैथिल युवा बताउँछन् । अक्षय नवमी पर्वसँगै मिथिलामा नियमित भोजनमा अमलाका परिकार खान थालिने परम्परा छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउँछ : अध्यक्ष ओली
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
हिमालयन ट्राभल मार्टमा २५ देशको प्रतिनिधित्व हुने
मौसम फेरि खराब, देशभर हुरीबतास र चट्याङसहित वर्षा हुने
मौसम फेरि खराब, देशभर हुरीबतास र चट्याङसहित वर्षा हुने
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छः मुख्यमन्त्री पौडेल
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
विश्वकप फुटबल २०१८: यी हुन गोल्डेन बल का दाबेदार खेलाडी
विश्वकप फुटबल २०१८: यी हुन गोल्डेन बल का दाबेदार खेलाडी