पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २, २०७५
|
|
३२ पटक हेरिएको
Shares
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यलयको उद्घाटन गरेका छन्।
  • बिहीबार ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यलयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पानी जहाटको टिकट खोज्नेले केही समयपछि टिकट पाउने दाबी पनि गरे।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले पानी जहाज कार्यलयको उद्घाटन गरेका छन्। बिहीबार ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यलयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पानी जहाटको टिकट खोज्नेले केही समयपछि टिकट पाउने दाबी पनि गरे।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने भन्दै टिकट खोजेर जिस्काउनेहरुलाई केही दिन प्रतीक्षा गर्न आग्रहसमेत गरे।
प्रधामन्त्री ओलीले कार्यालयको स्थापनासँगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरेको दावी गरे। उनले भने, ‘कार्यालयको स्थापनासँगै नेपाल पानी जहाजको नयाँ युगमा प्रवेश गरेको छ।’
उनले पानीजहाज सञ्चालनको इन्जिनियरिङका लागि छात्रवृत्तिमा विदेश पढन पठाइने बताए।
नेपालमा पहिलो पटक पानी जहाजको कार्यलय स्थापना भएको हो। 
पानी जहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ। कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ।
मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एकरएक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?